माक्सर्वादले पहिचान सिध्याउँछ : कन्दङवा

  नयाँ बुलन्द
7 Shares

धरान : आदिवासी अभियन्ता एबम किरात याक्थुङ चुम्लुङका संस्थापक अध्यक्ष नन्द कन्दङवाले मार्क्सवादले पहिचान सिध्याउने बताए।

लिम्बुवान अध्ययन केन्द्रले आइतबार आयोजना गरेको बहुल राष्ट्रिय समाजवाद छलफलको क्रममा लिम्बुले यसरी बताएका हुन।नेपालको सन्दर्भमा मार्क्सवाद र पुँजीवाद नै पहिचान बिरोधी भएको जनाए ।कोशी उच्चबाँधले प्रभाव पार्ने क्षेत्रको अध्ययनमा आउनु भएका नन्द कन्दङ्बालाई लिम्बुवान अध्यन केन्द्रले छलफलमा श्रोत ब्यक्तिको रूपमा निमन्त्रणा गर्दै धरानमा रहेका विद्यार्थी आदिवासी अभियन्ता नागरिक समाज लगायतको माझ बहुलराष्ट्रिय समाजवाद बारे प्रस्तुति दिन लगाएका थिए।

कन्दंबाले आदिवासी र राज्य उत्पादन र प्राकृतिक श्रोत साधन कसको हुने भन्ने मै जुहारी भएको बताए।मार्कस्बादिले उत्पादन राज्यको हुने भनी परिकल्पना गरेको आदिवासीको हकमा उत्पादन भुमी प्राकृतिक श्रोत आदिवासीको हुनुपर्ने भएकै कारण आपसमा अन्तर्द्वन्द भैरहेको बताए।

उनले रास्ट्र र राज्यमा फरक बुझ्न अत्यन्त जरुरत भएको बताए। राष्ट्र भनेको सांस्कृतिक इकाई भएको र राज्य भनेको राजनितीक इकाई भएको बताए।त्यसैले नेपाल राष्ट्र राज्य नभै बहुल राष्ट्र राज्य भएको बताए।नेपाल राष्ट्र राज्य हुनु भनेको यहाँ रहेको आदिवासीको पहिचान भाषा संस्कृति नामेट पारेर एकल भाषा संस्कार स्वीकार हो भने।नेपालमा एउटा मात्र जाती भएको अवस्थामा मात्र नेपाल राष्ट्र राज्य हुने बताए।तर नेपाल धेरै समुदाय रहेको भन्दै बहुलरास्ट्र भएको स्पष्ट पारे।नेपाल आधुनिक राज्य हुनु अगाडि राष्ट्र रहेको भन्दै त्यही राष्ट्र राज्यहरु नै हालको बहुल राष्ट्र राज्य नेपाल भएको बताए।उनले भने-`त्यसैले राज्य भन्दा अगाडि राष्ट्र हुन्छ।´

नेपालमा आमूल परिवर्तन हुनको लागि शासन ब्याबस्था,शासन र शासक हटाउने तरिकाले मात्र हुने भन्दै जसका लागि ड्राइभिङ आइडोलोजिबाट मात्र आमूल परिवर्तन हुने बताए।२००७ साल २०४६ साल,०६२/६३ को आन्दोलन आमूल परिवर्तनका क्रान्ति नभएको जिकिर गरे।

अवको नेपालमा बहुल लोकतन्त्र आवस्यक भन्दै त्यही बहुल लोकतन्त्रमा पहिचान चाहनेले भाषा संस्कार संस्कृति मजबुत हुन खोजेको बताए।उनले बहुलराष्ट्रिय लोकतन्त्र नै पहिचानबादिको लागि उपयुुक्त भएको बताए।जहाँ पहिचानबादिको मुल आधारभुत लोकतन्त्र हुने बताए।यश अवस्थामा मथिल्लो निकायमा साझेदारी शासन र तल्लो निकायमा स्वायत्त शासन हुने बताए ।हाल नेपालको लोकतन्त्र भनेको सामर्थ्य र शक्ति हएकाको लागि मात्र भएको बताए।

नन्द कन्दंबाले पछिल्लो समय बेलायत,चीन, भारत लगायतका देशहरू बहुलराष्ट्रीयमा गएको दाबी गरे। कन्दंबाले चिनको उदाहरण दिदै ९० प्रतिशत भन्दाबढी हान समुदाय रहेको बताए । ८० प्रतिशत हान र १७ प्रतिशत मंगोल रहेको भित्री मंगोलियालाई सन १९४७ मा स्वायत्त क्षेत्र दिएको बताए।तयैगरी ६६ प्रतिशत हान र ३४ प्रतिशत हुई अल्पसंख्यक भएकोहरुलाई निन्जाईलाई सन १९५८ मा स्वायत्त क्षेत्र दिएको बताए।चिनमा ६२ प्रतिशत हान र ३२ प्रतिशत जुवाई अल्पसंख्यक रहेका ग्वाङ्जीलाई सन १९५८ मा ग्वाङ्जी स्वायत्त क्षेत्र दिएको बताए।तयसैगरी १९४५ मा उपुर अल्पसंख्यकहरुको लागि सिन्जिवाङ स्वायत्त क्षेत्र र सन १९ ६५ मा तिब्बतीहरुलाई तिब्बत स्वायत्त क्षेत्र दिएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार