आदर्श मावि सगरमाथा टिन्स क्लवको लोगो हस्तान्तरण

  नयाँ बुलन्द
0 Shares

इलाम : सगरमाथा टिन्स क्लव आदर्स मावि इलामको आयोजनामा सगरमाथा टिन्स क्लवको लोगो हस्तान्तरण तथा अन्तरसदनात्मक नाटक प्रतियोगिता कार्यक्रम ,स्थान आदर्स मावि सम्पन्न भएको छ ।

टिन्स क्लवका आदर्स मावि अध्यक्ष विशाल योङ्गहाङ्गको अध्यक्षता र प्रदेससभा सदस्य राम रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सगरमाथा टिन्स क्लव इलामका मुख्य प्रशिक्षक रविन्द सुवेदीले सगरमाथा टिन्स क्लवको औआचित्यमाथि प्रकाश पारेका थिए । टिन्स क्लवका अध्यक्ष योङहाङलाई प्रमुख अतिथि रानाले सगरमाथा टिन्स क्लवको लोगो हस्तान्तरण गरेका थिए ।

लोगो कक्षा ९ देखि १२ सम्म पढ्ने सवै विधार्थीलाई वितरण गरिने छ । चेतनामुललक नाटक प्रतियोगिता प्रथम हरियो सदन, द्वितीय रातो सदन, तृतिय निलो सदन, सान्त्वना पहेलो सदन भएका छन् ।

कार्यक्रममा विभिन्न कक्षाका विधार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति ईलामका प्रमुख गणेश वराल, ईलाम नगरपालिकाका प्रमुख महेस वस्नेत, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, प्रहरी उपरीक्षक हिराबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक रोषन श्रेष्ठ, प्याव्सन इलामका अध्यक्ष विकास कर्मचार्य, नेपाल रेडक्रस सोसाइटी ईलामका सभापति देवीप्रसाद गौतम, ईलाम नगरपालिका वडा ७ का अध्यक्ष नरेष श्रेष्ठ, विव्यस अध्यक्ष कोमल निरौला, प्रधानाध्यापक कुमार पौड्याल, चेतना नाट्य समुहका सुसान्त चापागाईं लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम संचालन शिक्षक नायक सविन वुडाथोकी र सगरमाथा टिन्स क्लव सचिव लोकेन्र्द चौहानले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार