नेकपा इलामको प्रचार तथा प्रकाशन विभागमा नौ पत्रकार मनोनित

  नयाँ बुलन्द
0 Shares

इलाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इलामको प्रचार तथा प्रकाशन विभागको सदस्यमा जिल्लाका क्रियाशील नौ जना पत्रकार मनोनित भएका छन् ।

शुक्रबार नेकपा इलाम कार्यालयमा प्रचार तथा प्रकाशन विभाग प्रमुख नवराज शंकरको अध्यक्षतामा सम्पन्न बैठकले प्रचार तथा प्रकाशन विभागमा पत्रकारलाई मनोनित गरेको हो ।

मनोनित हुनेहरूमा सटेन्द्र जवेगु, कोकिला ढकाल, सुजन तिम्सिना, कौशिला खिम्दुङ राई, ख्याम भुजेल, वुद्ध माया सोङ्मी, नमिन ढकाल, राजकुमार दाहाल र याम माबोहाङ रहेका छन् ।

प्रचार विभागमा मनोनित प्राय सबै नेपाल पत्रकार महासंघ पदाधिकारी र कार्यसमिति सदस्य रहेका छन् । जवेगू नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन् । ढकाल नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष, तिम्सिना र राई उपाध्यक्ष, भुजेल सचिव, सोङ्मी र ढकाल कार्यसमिति सदस्य रहेका छन् । दाहाल निवर्तमान उपाध्यक्ष र माबोहाङ प्रदेश पार्षद हुन् ।

नेपाल पत्रकार महासंघको सिंगो टिमनै पार्र्टीको प्रचार विभागमा मनोनित हुनुले जिल्लाको पत्रकारिताको निष्पक्षता र व्यावसायिकतामा समेत प्रभाव पर्न सक्ने टिप्पणी सुरु भएको छ । सौर्य दैनिकमा आज यो खबर छापिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार