रवि लामिछानेसहित तीन जना विरुद्ध आत्महत्याको दुरुत्साहन मुद्दा दर्ता

  नयाँ बुलन्द
0 Shares

चितवन : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा रवि लामिछानेसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
सञ्चारकर्मी लामिछानेसहित पत्रकार युवराज कंडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई प्रतिवादी बनाएर जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरिएको हो ।

 सरकारी वकिलका तर्फबाट तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको थियो ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले मुद्दा दर्ता भएपछि अहिले बहसको क्रम सुरु भएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार