समाजवादी पार्टीको ५ जनसंगठनको एकता घोषणा हुँदै

  नयाँ बुलन्द
0 Shares

इलाम : आइतबार समाजवादी पार्टीको ५ वटा जनसंगठनको संयुक्ता एकता घोषणा हुँदैछ ।

किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालय ललितपुरमा पार्टीका संघीय परिषद सदस्य डा. बाबुराम भट्टराई र केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा घोषणा सभाको तयारी गरिएको छ ।

कार्यक्रममा समाजवादी पार्टीका विभिन्न ५ वटा जनसंगठनको संयुक्ता एकता घोषणाा हुने भएको हो । पूर्व संघीय समाजवादी फोरम नेपाल नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएर समाजवादी पार्टी बनेपछि पार्टीको जनसंगठनको पनि एकता सुरु भएको हो ।

दुवै पार्टीका जनसंगठनको एकतापछि बनेको समाजवादी महिला संघ नेपाल, समाजवादी युवा संघ, समाजवादी विद्यार्थी युनियन, उद्योग व्यवसायी महासंघ र संघीय समाजवादी खेलकुद महासंघको घोषणा हुँदेछ । ती संगठनको केन्द्रीय तदर्थ समिति समेत घोषणा हुने जनाइएको छ ।

यसअघि शनिबार संघीय प्रेस फोरम नेपाल र प्रेस सोसाइटी नेपालबीच एकीकरण भएर प्रेस नेपाल घोषणाा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार