पुडासैनी ‘आत्महत्या’ प्रकरण : ‘गर्लफ्रेन्ड’ भेट्न कोठा भाडामा

  नयाँ बुलन्द
0 Shares

news

काठमाडौं : चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गर्लफ्रेन्ड’ सँग भेट्न छुट्टै कोठा लिएको तथ्य भेटिएको छ ।

श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नम्बर ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो ।

महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ ।

प्रहरीले टोखा नगरपालिका ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोहबरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो । पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामाग्री बरामद गरेको रोहबर बसेका वडाध्यक्ष अधिकारीले बताए ।

‘प्रहरीले खबर गरेपछि गएका हौं’, अधिकारीले भने, ‘कोठामा पुडासैनीसहित एक केटीको फोटोसहित कागजात प्रहरीले बरामद गरेको छ ।’

प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो, खुलाउन चाहेन । नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार