योङहाङलाई आर्थिक सहयोग गर्न चुम्लुङको अपिल

इलाम : दिर्घ रोगी यासेली योङहाङलाई सहयोगका लागि किरात याक्थुङ चुम्लुङ केन्द्रीय समितिले अपिल गरेको छ ।

पाँचथरको याङवरक गाउँपालिका–६, मा जन्मिएका भिमप्रसाद (यासेली) योङहाङ विगत १६ बर्षदेखि दिर्घ रोगी भई उपचारत हुदाँहुदै अहिले  संक्रमण भई मृगौला, फोक्सो, ब्रेन र मुटुमा गम्भीर समस्या देखिएकाले थप उपचारका लागि आर्थिक सहयोगगको अपिल गरिएको हो ।

योङहाङको उपचारका लागि लाग्ने आर्थिक रकमको मात्रा ठुलो भएको र निजको आर्थिक स्थितिले भ्याउन नसक्ने अवस्था भएकोले उनको उपचारार्थ सहयोगको अपिल गर्नुपरेको किरात याक्थुङ चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापोले बताइन् ।

काठमाण्डौमा रहेर विशेषत किरात याक्थुङ जातिका लागि भाषा, धर्म, संस्कार, संस्कृति, साहित्य, गीत, संगीत, मुन्धुम आदिमा योगदान दिदै आएका ४५ बर्षीय योङहाङ चुम्लुङका केन्द्रीय सचिव समेत हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार