याक्थुङ लेखक संघको झापाको अध्यक्षमा मौलश्री

  नयाँ बुलन्द
0 Shares

झापा : झापामा याक्थुङ लेखक संघ (यालेस) को जिल्ला तदर्थ समिति गठन गरेको छ ।

शनिबार याक्थुङ लेखक संघका केन्द्रीय तदर्थ समिति कोषाध्यक्ष जितेन पन्धाक लिम्बूको उपस्थितिमा दमकमा भएको भेलाले मौलश्री लिम्बूको अध्यक्षमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिमा उपाध्यक्ष राजकुमार सुब्बा (अनिश्चित), सचिव अभिषेक नेम्बाङ (विद्रोही कलम), कोषाध्यक्ष रचना लावती सदस्यमा कैलाश शिखर, मञ्जु इवारम र नरेन्द्र वनेमलाई सर्वसम्मत चयन गरेको छ ।

भेलाले हरि चोङबाङ लिम्बू, नवल फाईवली (नरबहादुर योङहाङ) र सेत्लीङ केसीलाई सल्लाहकारमा मनोनयन गरिएको र राष्ट्र तथा अन्तर्राष्ट क्षेत्रमा तिब्र रुपमा संगठन विस्तार भईरहेको संयोजक पन्धाकले बताए ।

भेलामा केन्द्रीय तदर्थ समिति सदस्य विक्रम फागो वनेम, प्रकाश आङदेम्बे, इक्साहाङ चेम्जोङ, सेसेहाङ फियाक, डिल्लीश्वर मुसाहाङ, मुनाराज शेर्मा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार