काठमाडौं : तत्कालिन संघीय समाजवादी फोरम नेपाल निकट पत्रकारहरुको संगठन संघीय प्रेस फोरम र नयाँ शक्ति पार्टी निकट प्रेस सोसाइटी नेपालबीच शनिबार समायोजन गरिएको छ ।
समाजवादी पार्टीको वौद्धिक पेसाकर्मी महासंघका अध्यक्ष कृष्ण शर्मा तथा इन्चार्ज नहेन्द्र प्रधानको उपस्थितिमा पार्टी कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा दुई संगठनबीचको एकता वा समायोजन सम्पन्न गरिएको हो ।
समायोजनसँगै केशव अर्यालको अध्यक्षतामा ८० सदस्यीय प्रेस नेपालको केन्द्रीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा आतिशकुमार मिश्र, नातिकाजी महर्जन, कमन देवान, प्रल्हाद पोखरेल, मनोज ढोडारी चयन भएका छन् ।
महासचिवमा विजय चाम्लिङ, उपमहासचिवमा देवेन्द्र खापुङ र सचिवहरुमा दिपेन्द्र रुम्दाली, मुकेश मिश्र, शाहीमान राई योगेन्द्र साही, विदुर ढुंगेल र उज्वल पौडेल छन् भने कोषाध्यक्षमा पासाङ शेर्पा छिन् ।
अर्याल प्रेस सोसाइटीको तर्फबाट अध्यक्ष भएका हुन् ।
उपाध्यक्ष मिश्र, महर्जन र देवान संघीय प्रेस फोरमबाट हुन् भने पोखरेल र ढोडारी प्रेस सोसाइटीबाट उपाध्यक्ष भएका हुन् ।
महासचिव चाम्लिङ, उपमहासचिव खापुङ, सचिवहरु रुम्दाली, मिश्र, राई संघीय प्रेस फोरमबाट हुन् भने साही, ढुंगेल र पौडेल प्रेस सोसाइटीबाट सचिव बनेका हुन् । प्रेस नेपालका कोषाध्यक्ष शेर्पा पनि संघीय प्रेस फोरमबाटै हुन् ।
प्रेस नेपालको औपचारिक घोषणा भने केही दिनपछि विशेष कार्यक्रमका साथ गरिने वौद्धिक पेसाकर्मी महासंघका इन्चार्ज नहेन्द्र प्रधानले बताए ।
हेर्नुहोस् पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको नामावलीः
१ अध्यक्ष– केशव अर्याल
२ उपाध्यक्ष– आतिशकुमार मिश्र
३ उपाध्यक्ष– नातिकाजी महर्जन
४ उपाध्यक्ष– कमन देवान
५ उपाध्यक्ष– प्रल्हाद पोखरेल
६ उपाध्यक्ष– मनोज ढोडारी
७ महासचिव– विजय चाम्लिङ
८ उपमहासचिव– देवेन्द्र खापुङ
९ सचिव– दिपेन्द्र रुम्दाली
१० सचिव– मुकेश मिश्र
११ सचिव– शाहीमान राई
१२ सचिव– योगेन्द्र साह
१३ सचिव– विदुर ढुंगेल
१४ सचिव– उज्वल पौडेल
१५ कोषाध्यक्ष– पासाङ शेर्पा
केन्द्रीय सदस्यहरु
१६ टीआर शर्मा
१७ तारा पोखरेल
१८ नविन नर्सिङ नेपाली
१९ धुव्र ढकाल
२० प्रशान्त लामिछाने
२१ केदार भट्टराई
२२ यज्ञ कार्की
२३ गणेश आचार्य
२४ लक्ष्मीदत्त पनेरु
२५ शिव बस्नेत
२६ बाशु थापा
२७ क्यामबहादुर विक
२८ श्यामशरण नेपाली
२९ अमृत सुवेदी
३० आर्जु विष्ट
३१ चित्र गुरुङ
३२ रविन (राम विनय)
३३ ललन चौरासिया
३४ नमराज भट्ट
३५ रमेश पोखरेल
३६ नारायण ज्ञवाली
३७ प्रतिमा पराजुली
३८ सुनिल बराल
३९ नविन ढुंगाना
४० राजाराम पौडेल
४१ सन्तोष गौतम
४२ नारायण पाण्डे
४३ मन क्षेत्री
४४ अभरेन्द्र यादव
४५ अनिल तिवारी
४६ अशोक गुरुङ
४७ उमेश दुबे
४८ इर्दासी झाँक्री मगर
४९ जितेन्द्रसिंह दनुवार
५० जेबी दर्लामी
५१ देशराज नेम्वाङ
५२ नविन चौधरी
५३ प्रियासिंह थारु
५४ प्रेमचन्द्र झा
५५ प्रेरणा शाक्य
५६ फिपराज बेगा लिम्बू
५७ अख्तियार अली
५८ विजय कुसुवा
५९ वैजनाथ यादव
६० भरत जर्गा मगर
६१ भोला पासवान
६२ मनोज यादव
६३ रश्मी बलामपाखी
६४ रविन्द्र साह
६५ राजिव लामिछाने
६६ राम दहित
६७ राम लावती
६८ राम योङहाङ
६९ रामचन्द्र लोहार
७० रामह्रदय यादव
७१ लाला गुरुङ
७२ लाक्पाजी शेर्पा
७३ विकास शाक्य
७४ सञ्चार किराती
७५ सोना खटिक
७६ सिता तुम्खेवा
७७ सुशान्त गाहा मगर
७८ हरिकला थापा
७९ हिमेश विक
८० शिव सिंह