पर्याप्त बजेटको अभावमा काम निराशाजन

  नयाँ बुलन्द
0 Shares

इलाम : ८ वर्ष बितिसक्दा पनि इलामको निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको काम पूरा हुन सकेको छैन । पर्याप्त बजेटको अभावमा काम निराशाजनक देखिएको विमानस्थलको पर्यटनमन्त्रीले अवलोकन गरेपछि भने स्थानीयमा उत्साह जागेको छ ।

इलाम सदरमुकामवाट पाँच किलोमिटर दक्षिणमा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बनाउन लामो समयसम्मको जग्गा व्यवस्थापनको प्रयास भएको थियो । ६ वर्षअघि जग्गा खाली भएपछि काममा गति आउने विश्वास गरिए पनि  चाहिए जति बजेट नआउँदा अझै सम्पन्न हुन सकेको छैन ।

विमानस्थल निर्माणबाट मेचीका पहाडी जिल्ला र सीमापारी भारतको दार्जिलिङ र सिक्किमका समेत बासिन्दा लाभान्वित हुने बताइएको छ । जनप्रतिनिधिले चुनावको बेला मात्र यस विमानस्थललाई एजेन्डा बनाउने गरेकाले अलपत्र परेको स्थानीय प्रकाश चाँपागाइको गुनासो छ ।

अहिलेसम्म कच्ची धावनमार्ग निर्माण भइसकेको छ भने भल व्यवस्थापनको लागि माइखोलासम्म नाली निर्माणको काम सकिएको छ । १७ करोड रुपैयाँभन्दा बढी खर्च भए पनि कामले खासै गति नलिएपछि स्थानीय निराश छन् यद्यपि मन्द रुपमा  काम अहिले पनि भइरहेको छ ।

अघिल्लो वर्षको जेठमा एयरपोर्टमा ‘फ्लाइट टेस्ट ल्याण्डिङ’ गरिसकिएको भए पनि काममा निराशाजनक प्रगति देखिन्छ । बुधबार पर्यटनमन्त्री योगेश भट्टराईले विमानस्थल अनुगमनपछि १५ महिनाको ठेक्का सुरु भइसकेको बताउँदै छिट्टै काम सम्पन्न हुने दाबी समेत गरे ।

मन्त्रीको आश्वासनपछि भने स्थानीयमा विमानस्थल बन्नेमा केही आशा पलाएको छ । लामो समयदेखि निर्माणाधीन विमानस्थलको काम सम्पन्न गर्नुपर्नेमा सरोकारवाला पक्षले देखाएको उदासीनताप्रति भने स्थानीय असन्तुष्ट हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार