नेकपा इलामको प्रचार विभागमा ९ जना पत्रकार मनोनित

  नयाँ बुलन्द
0 Shares

इलाम : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलामको प्रचार तथा प्रकाशन विभागको सदस्यमा जिल्लाका ९ जना पत्रकार मनोनित भएका छन् ।

शुक्रबार पार्टी कार्यालयमा बसेको प्रचार तथा प्रकाशन विभाग प्रमुख नवराज शंकरको अध्यक्षतामा सम्पन्न बैठकले प्रचार तथा प्रकाशन विभागमा मनोनित गरेको हो ।

मनोनीत हुनेहरुमा सटेन्द्र जवेगु, कोकिला ढकाल, सुजन तिम्सिना, कौशिला खिम्दुङ्ग राई, ख्याम भुजेल, राजकुमार दाहाल, बुद्ध माया सोङ्मी, याम माबोहाङ र नमिन ढकाल रहेका छन् ।

बैठकले द्वैमासिम रुपमा नेकपा जिल्ला कमिटी इलामको मुखपत्र प्रकाशन गर्ने र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वेबसाईट निर्माण तथा सञ्चालन गर्ने निर्णय गरेको विभागका उप-प्रमुख प्रकाश परियारले जानकारी दिए ।

बैठक नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष रामबहादुर मगर र सचिव सोममाया राई (सिन्धु) को आतिथ्यतामा भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख नवराज शंकरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार