इलाममा रोपाईं जात्राको रौनक (हेर्नुहोस् १० तस्वीर)

  नयाँ बुलन्द  107 पटक हेरिएको

इलाम : बिहीबार इलाम बजारमा रोपाईं जात्रा प्रदर्शन गरिएको छ । युवा र विद्यार्थीहरुले विभिन्न पहिचरनमा अनुहार लगायत शरीरका विभिन्न भागमा रङ दलेर झाँकीसहित बजार परिक्रमा गरिरहेका छन् ।

परम्परागत रुपमा इलाम सदरमुकाममा मनाउँदै आएको रोपाइजात्रा यसवर्ष बिब्याँटेबाट सुरु भएको हो ।

नेपाल भाषा तथा संस्कृति समाज इलामको आयोजनामा भएको रोपाइ जात्राका कारण इलाम बजारमा बिहानैदेखि चहलपहल बढेको थियो । जात्रामा रम्न जिल्लाका विभिन्न गाउँबाट आएका दर्शकहरको भिड लागेको छ ।

जात्राको क्रममा मानिसलाई गोरुको प्रतिक बनाई जुवामा नारेर दाँदे लगाउने, बाउसे गर्ने, वीउ काढ्ने, धान रोप्नेलगायतका क्रियाकलाप सडकमै देखाईएको छ ।

रोपाई जात्रामा देखिका केही दृश्यहरु :

 

तस्वीर सौजन्य : टीका खतिवडा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार