उद्योग/व्यवसायमा जोखिम र जोखिमको व्यवस्थापन

गोपाल पौड्याल

कुनै पनि उद्यम, ब्यवसायको स्थापना र संचालन गर्नु भनेको अफैमा जटिल कार्य भने अवश्य पनि हो । पौराणिक तवरवाट संचालित पेशाहरुमा विभिन्न ब्यवसायीक अवसरहरुको पहिचान गरि नयाँ प्रविधि,स्थानीय स्तरको शीप,उत्पादित वस्तु वा सेवाहरुको विविधिकरण गरी पौराणीक पेशाहरुलाई ब्यवसायीक सोचवाट संचालन गर्न पनि आजको युगमा अति आवश्यक भै सकेको छ । निरन्तर रुपमा पौराणिक तवरवाट एक आफ्नै प्रणालीवाट संचालनमा रहिरहेको कुनै पनि पेशालाई केही तहमा क्रम भंङ्ग गर्दा केही समय असजीलो महशुश हुनु पनि स्वभाविक नै हो तर यसो भन्दैमा दिगो योजना र्तजुमा नगरि उद्यम,ब्यवसायको संचालन तथा व्यवस्थापन गर्न सकिदैन । उद्यम,ब्यवसाय संचालन गर्नु भनेको अफैमा एक जोखिम कार्य पनि हो तर जोखिम हुन्छ भन्ने सोचमा नै पौराणिक तवरमा अल्झिराख्न पनि सकिदैन तसर्थ उद्यम,ब्यवसाय गर्दा केहि मात्रमा जोखिमहरुको बहन गर्न पनि उद्यमी,ब्यवसायीले सक्नु पर्दछ । ब्यवसायहको संचालन गर्दै जाँदा जोखिम जस्तै अन्य आन्तरीक र बाह्य तत्वहरुले पनि असरहरु भने उक्त उद्यम,ब्यवसायहरुलाई पारेको हुन सक्दछ ।

जोखिम भनेको के हो ?

जोखिमलाई भिन्न भिन्न व्यक्तिहरूले भिन्न भिन्न तरिकाले बुझ्ने गरेको पाइन्छ । कसैले जोखिम अनिश्चितताको परिणाम हो भन्दछन् भने कसैले जोखिम भनेको नकारात्मक प्रतिफल दिने कुरा हो भनेका छन् । हामी पनि बोलिचालीको भाषामा जोखिमलाई खतरा वा नोक्सान गर्ने कुरा भनेर भन्दछौ । व्यावसायिक क्षेत्रमा जोखिमलाई चुनौतिको रूपमा लिइन्छ किनकी व्यवसायमा नाफा÷घाटाको अवस्था आउदँछ । तसर्थ जोखिमलाई नोक्सान पु¥याउने कुरा मात्र भनेर भन्न मिल्दैन । व्यवसायमा नाफा आर्जन गर्न जोखिम लिनैपर्ने हुन्छ । जस्तो एउटा भनाइ पनि छ “छैन जोखिम छैन नाफा, बढी जोखिम बढी घाटा÷नाफा, ठीक जोखिम मुनासिव नाफा” यसरी व्यवसायमा नाफा कमाउनका लागि व्यावसायीलाई प्रेरित गर्ने तत्वलाई जोखिम भन्न सकिन्छ । जोखिमलाई सामान्यतया तीन किसिममा विभाजन गरिएको छ :

(क)कम जोखिम/जोखिम नहुनु : आफ्नो क्षमताले सजिलै बहन गर्न सक्ने वा काम गर्न कुनै चुनौतीको सामाना गर्नु नपर्नेलाई कम जोखिम भनिन्छ । कम जोखिमपूर्ण कामबाट आशातीत रूपमा नाफा हुँदैन र त्यस्तो कामबाट आत्मसन्तुष्टि पनि कम मिल्दछ वा मिल्दैन ।

(ख) मध्यम खालको जोखिम : त्यस्तो खालको जोखिम जुन अलिकता सावधानी र प्रयासबाट बहन गर्न सकिन्छ र जसको कारणबाट सकारात्मक प्रतिफल प्राप्त गर्न सकिन्छ । यस्तो खालको जोखिमबाट सकारात्मक प्रतिफलको साथै आत्मसन्तुष्टि पनि प्राप्त हुन्छ । साथै नकारात्मक प्रतिफलबाट त्यति पछुतो पनि हुँदैन ।

(ग)बढी जोखिम : त्यस्तो खालको जोखिम, जो आफ्नो क्षमताभन्दा धेरै परको हुन्छ र प्रायः नकारात्मक परिणाम आउने धेरै संभावना रहन्छ । त्यस्तो खालको जोखिमले गर्दा लगानी डुबाउनुपर्ने अवस्था आउँदछ । नाफा भयो भने धेरै हुन्छ तर आफ्नो प्रयासले सकारात्मक प्रतिफल पाउन सम्भव हुँदैन ।

उसो भए उद्यमीरब्यवसायीले कस्तो खालको जोखिम लिनुपर्दछ ? उद्यमी/व्यावसायीहरू नाफा कमाउने उद्देश्यले व्यवसायमा संलग्न भएका हुन्छन् । त्यसैले व्यवसाय सानो होस् कि ठूलो नाफा कमाउन जोखिम लिनैपर्ने हुन्छ । जोखिम छैन भने त्यसमा घाटा नाफा पनि हुँदैन र बढी जोखिम लिँदा बढी नाफा हुने सम्भावना भएपनि लगानी डुब्ने सम्भावना पनि बढी हुन्छ । मध्यम खालको तथा लेखाजोखा गरी क्षमताअनुसारको जोखिम लिनाले उचित नाफा प्राप्त गर्नुका साथै आत्मसन्तुष्टि पनि हुन्छ । (घाँटी हेरी हाड निल्नु भन्ने उखान झै ।) यदि नोक्सान नै भयो भने पनि कम मात्रामा हुन्छ । जसलाई पछिल्ला व्रिmयाकलापहरूबाट सजिलै क्षतिपूर्ति गर्न सकिन्छ । त्यसैले व्यावसाय गर्दा आपूm सुहाउँदो तथा क्षमता अनुसारको मध्यम खालको जोखिम लिनुपर्दछ ।

जोखिम न्यूनिकरण

उद्योग व्यवसाय स्थापना तथा सञ्चालन गर्दा उद्यमीले जोखिम लिनुपर्ने हुन्छ । तर जोखिमलाई जति सक्यो न्यूनिकरण गर्न सकेमा व्यवसायमा सफल हुने सम्भावना बढी हुन्छ । त्यसैले व्यवसायमा हुने जोखिम न्यूनिकरण गर्न उद्यमीले निम्न कामहरू गर्न उपयुक्त हुन्छ जस्तैः आपूmले गर्न चाहेको व्यवसाय के हो ? त्यसको बारेमा जानकारी, ज्ञान, सीप र तालिम आदि प्राप्त गर्ने ।आपूmले गर्न चाहेको जस्तै व्यवसाय अरु कतिको सञ्चालनमा छन् ? तिनीहरूको अवस्था कस्तो छ अध्ययन गर्ने । (तिनिहरुले भोग्नुपरेका समस्या र तिनका सफलताको अनुभव बटुलेर पनि आफ्नो जोखिम कम गर्न सकिन्छ ।)आपूmले बिक्रि उत्पादन गर्न चाहेको वस्तु वा दिने सेवाको माग बजारमा बढ्दै वा घट्दै छ भनि बुझने, पत्रपत्रिका पढने, रेडियो वा टिभी समाचार सुन्ने र चनाखो भएर अध्ययन गर्ने । उद्योग/व्यवसायलाई आवश्यक पर्ने सामाग्रीका आपूर्तिकर्ता को छन् र यसको उपलब्धता निरन्तर हुन्छ हुँदैन साथै मेसिन औजार कहाँबाट कसरी प्राप्त गर्ने, जानकारी लिने । व्यवसाय सञ्चालनका व्रmममा आईपर्ने बाधा, अड्चन के छन्, तिनीहरूको व्यवस्थापन गर्न सकिन्छ सकिदैन, राम्ररी खोजखबर गर्ने र सूचना प्राप्त गर्ने । सबै काम उद्यमी आपैmँले गर्न समय अभावले नभ्याउने वा सीप ज्ञानको कारणले पूरा गर्न नसकिने पनि हुन्छ । त्यस्तो अवस्थामा अरूको सहयोग लिने ।उधारोमा गएका सामानको पैसा समयमा उठाइ, चालू पूँजीको चव्रmमा रुकावट नल्याइ उत्पादन र वितरणमा चनाखो भई जोखिम न्यूनिकरण गर्न सकिन्छ ।बजारमा आफु जस्तै व्यवसायीबीच आपसी समझदारी, समन्वय राखी समान प्रकारका वस्तु÷सेवाको गुण, तौल, मूल्य, प्रचारप्रसार, विज्ञापन, वितरण प्रणाली जस्ता कार्यमा सहकार्य ९धष्ल धष्ल० गरी बजारमा निरन्तर सेवा दिएर पनि जोखिम न्यूनिकरण गर्ने ।समयअनुसार लचिलो भएर काम गर्ने । लहै लहैमा नलाग्ने ।

१. सिर्जनशीलता (Creativity) : उद्यम/ब्यवसायहरुले मध्यम खालको जोखीम वहन गर्ने कुराहरुको वारेमा हामीले माथी नै चर्चा गरिसकेका छौ यस्तै जोखीमहरुको सामना गर्न वा कम गराउन स्वयम उद्यमी,ब्यवसायी सिर्जनशील हुन पनि जरुरी छ ।आफ्नो लागि नितान्त नौलो वा नयाँ भएको विचार वा उपाय (Idea) पत्ता लगाउनु नै सिर्जनशीलता (Creativity) हो । सिर्जनशीलता भनेको भइरहेका कुरा चिजहरूमा परिवर्तन ल्याउने अर्थात् कुनै नौलोपन वा फरकपन ल्याउने महत्वपूर्ण पक्ष हो । यसलाई परिभाषित गर्नुपर्दा “कुनै निश्चित लक्ष्य प्राप्तिका लागि सोचविचार गरेर बैकल्पिक उपायहरू पत्ता लगाइ त्यसलाई विश्लेषणात्मक सोचाइको आधारमा एउटा नौलो वा बेग्लै प्रकारको उपाय निकाल्नु नै सिर्जनशीलता हो ।” त्यस्तै सिर्जनशील सोचाइ एउटा जन्मजात पाएको अन्त्तर्निहित कौशलता र पछि सिक्न सकिने किसिमका सीपहरूलाई आफ्नो दैनिक समस्या समाधानका लागि प्रयोगमा ल्याउनु हो । त्यस्ता व्यक्तिहरूलाई सिर्जनशील व्यक्ति भनिन्छ जसले आफ्ना अन्तर्निहित सिर्जनशीलतालाई उजागर गरेर क्षमतालाई आफ्ना दैनिक जीवनका विभिन्न पक्षहरूमा लागुहुन्छ । सिर्जनशीलता (Creativity) र नवीनता (Innovation) ल्याउने भन्ने दुई शब्दको अर्थमा केही भिन्नता पाइन्छ । नवीनता ल्याउने भनेको सिर्जनशील विचारलाई प्रयोगमा ल्याउने व्रिmयाकलाप हो । त्यसकारण नवीनता ल्याउने भनेको कुनै विचारको आविस्कार मात्र गर्ने नभई कुनै भैरहेको स्थितिमा परिवर्तन ल्याउने पनि हो । व्यावसायिक क्षेत्रमा हेर्ने हो भने नवीनता ल्याउने भनेको व्यवसायका विभिन्न पक्षमा ल्याउन सक्ने नौलोपन हुनसक्छ । जस्तै : वस्तु/सेवा उत्पादनमा नौलोपन ल्याउने, लक्षित बजारको कुरामा, व्यवसायको सङ्गठन गर्ने कुरामा, समय तथा स्थानको सन्दर्भमा नवीनता ल्याउने आदि । हरेक व्यक्तिमा नवीनता ल्याउने क्षमता हुन्छ तर यसमा प्रमुख समस्या भनेको हाम्रो सिर्जनशील पक्ष सुषुप्त भएर रहिदिनु हो । जब हामी सिर्जनशील रूपमा सोच्छौँ, त्यतिबेला हामीले तर्कलाई भन्दा सोचाइमा बढी जोड दिनुपर्छ । किनकि सोचाइको आधारमा धेरै सम्भावित उत्तरहरू वा विचारहरू पत्ता लगाउन सकिन्छ । सिर्जनशील सोचाइका बाधाहरू (Barriers  to Creativity)यस्ता प्रकारका हुन्छन् । जस्तै : नकारात्मक मनोवृत्ति वा धारणा, आपैmँले आफ्नो वरिपरि अवरोधहरू बनाएर सोचाइको घेरालाई सीमित बनाउनु,परम्परागत सोचाइ राख्नु,कोसिस नगरी छिटै निर्णय लिनु, अरुवाट मूर्ख देखिइएला भन्ने डर मान्न,असफलताबाट डर मान्नु,अनुमानमा सीमित हुनु ।

१.१ लक्ष्य निर्धारण (Goal Setting): जोखिम न्यूनीकरण गर्न सहयोग गर्ने अर्काे तत्व हो लक्ष्य निर्धारण, कुनै पनि व्यक्ति जबसम्म आफ्नो लक्ष्य तथा कहाँ जाने, के गर्ने, कसरी जीवन बिताउने वा जीवनमा कस्तो बत्रे भत्रेबारे स्पष्ट हुँदैन तबसम्म ऊ सफल व्यक्ति बत्र सक्दैन । अर्को शब्दमा भन्दा आफ्नो लक्ष्य वा उद्देश्य स्पष्ट भएन भने हामीले गरेको काम र मेहनत बेकार हुनजान्छ । त्यसैले जीवनमा सफल व्यक्ति बत्र, मेहनतको उचित सदुपयोग गर्न, स्पष्ट लक्ष्य निर्धारण गर्नुपर्दछ । आपूm भविष्यमा कस्तो अवस्थामा पुग्ने भत्रे स्पष्ट धारणा बनिसकेपछि त्यो अवस्थामा कसरी पुग्न सकिन्छ भत्रे योजना पनि तयार गर्नुपर्ने हुन्छ । योजनाअनुसार काम भयो भएन हेर्न मूल्याङ्कन पनि गर्नुपर्दछ । लक्ष्य निर्धारण गर्दा ख्याल गर्नुपर्ने कुराहरू,जस्तैःलक्ष्य निर्धारण गर्नुपूर्व तपाईँ आफ्नो भविष्यप्रति स्पष्ट हुनुपर्दछ । किनभने तपाईँले निश्चित गरेको लक्ष्य तपाईँले नै पूरा गर्नुपर्ने हुन्छ । यदि तपाईँले पहिले पनि लक्ष्य निर्धारण गर्नुभएको थियो भने त्यसको बारेमा मूल्याङ्कन गर्नुपर्दछ र त्योभन्दा राम्रो लक्ष्य निर्धारण गर्नुपर्छ ।लक्ष्य चुनौतीपूर्ण हुनुपर्दछ । तर बढी जोखिमपूर्ण हुनु हुँदैन ।

यसरी हामीले उर्पयुक्त तवरहरुवाट कुनै उद्योग,ब्यसाय संचालन गर्दा होस वा कुनै पनि नविन कार्यको आरम्भ गर्दा,हामीले जोखीम वहन गर्ने क्षमताका साथै जोखीमलाई घटाउने उपयहरु पनि सँग सँगै खोज्दै जाने हो भने असफल भन्ने कुरा समेत हामी वाट टाडा हुन सक्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार