बन व्यवस्थापन तथा प्राकृतिक स्रोतको उपयोग सम्बन्धी अन्तरकृया

  नयाँ बुलन्द
0 Shares


इलाम : वन व्यवस्थापनको लागि सामुदायिक बन समितिले समस्या झेल्दै आएको बताएका छन । इलाम सदरमुकाममा आयोजित बन व्यवस्थापन तथा प्राकृतिक स्रोतको उपयोग सम्बन्धी अन्तरकृयाका सहभागीले यस्तो बताएका हुन ।

सामुदायिक बन उपभोक्ता समितिमा रहेका इलाम नगरपालिका र माइ नगरपालिकाका प्रतिनिधीहरुको सहभागीता रहेको कार्यक्रम उनीहरुले व्यवस्थापन बारे अभिमुखिकरण नहुनाले व्यवस्थित गर्न नसकी रहेको गुनासो गरेका छन । प्राविधिकको अभावका कारण पनि व्यवस्थापनमा समस्या भएको बताएका छन । बन सम्बन्धी ऐन कानुन बारे सचेतना अभावका कारण पनि व्यवस्थापनका समस्या भइरहेको बताएका छन ।

ऋहिले विकासका नाममा कतिपय प्राकृतिक स्रोतको विनाश भइरहेको छ । दिगो बन व्यवस्थापन र वातावरण सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उदेश्यले सहयात्रा नेपाल इलामले अन्तरकृयाको आयोजना गरको जनाएको छ । बन जंगल सरक्षण गर्ने र विकास निमार्ण गर्दा वातावरण संरक्षण गर्ने र प्राकृतिक स्रोत उपयोग गर्दा सचेतता अप्नाउने बारे राम रिमाल र डिभिजन कार्यलय इलामका सहायक बन अधिकृत संजीव राज ढकालले सहजीकरण गर्नु भएको थियो ।

इलाम नगरपालिका र माइ नगरपालिकाका गरी ३५ जनाको सहभागीता रहेको थियो । यसअघि पहिलो चरणमा स्थानीय तहका जनप्रतिनिधिलाई सहभागी गराई स्थानीय तहको निति तथा बजेटमा वातावरण संरक्षणको लागि बजेट र कार्यक्रम बनाउन सहयोग पुरयाउन अन्तरकृया कार्यक्रम संचालन गरी सकेको छ ।

कार्यक्रमको उदघाटन सस्थाकी अध्यक्ष हेमकुमारी शिवाको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।टेवा काठमाण्डौको सहयोगमा सहयात्रा नेपालले इलाम जिल्लामा यो वर्ष वातावरण सम्बन्धी कार्यक्रमहरु संचालन गरीरहेको संस्थाकी कोषाध्यक्ष सविता पाण्डेले बताइन ।

सहयात्रा नेपालले जिल्लामा महिला, बालबालिका, अपाङ्गता तथा वातावरणको क्षेत्रमा काम गरीरहेको सस्थाकी सचिव सानु दासले बताइन । इलाम रहेका दृष्टिविहिन बालबालिकालाई अध्ययन गर्न सहयोग पु¥याउदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार