विश्व फोटोग्राफी दिवशको अवसरमा युवा समाजसेवी शेर्पा र प्रधान सम्मानित

  नयाँ बुलन्द
0 Shares

इलाम : १८० औँ विश्व फोटोग्राफी दिवशको अवसर पारेर इलामका दुइ युवा सम्मानीत भएका छन् । सदरमुकाममा  ‘फेस फोटो आर्ट कन्टेष्ट २०१९’कार्यक्रमकाे अवसर पारेर समाजसेवी तथा युवा ब्यवसायी लाब्साङ शेर्पा र फोटोग्राफर सञ्जय प्रधानलाई सम्मान गरिएको हाे ।

शेर्पालाई शारिरिक अशक्तता भएर पनि सक्षम ब्यवसायी तथा युवाहरुलाई रोजगारी प्रदान गरेकाले सम्मान गरिएको हो भने प्रधानले फोटो र भिडियोका क्षेत्रमा पुर्याएको योगदानको मुल्यांकन गर्दै सम्मान गरिएकाे मिसन इलाम युटुब च्यानलका एडमिन दिपक राज शर्माले नयाँ बुलन्दलाई जानकारी दिए ।

शेर्पा जिल्लाका युवा समाजसेवीका रुपमा समेत परिचित छन् भने उनी शेर्पाज साइबर एण्ड लामा पसलका प्रोपाइटर समेत हुन । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी बैद्यले सम्मान पत्र सहित खादा र मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै उदयमान फोटो ग्राफीका रुपमा इलामका माधव लुईटेललाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार