इलाम : इलाम र पाँचथरको सिमावर्ती राँके बजारको परिचय फेरिदै अहिले कोशेली बजारका रूपमा स्थापित हुँदै गएको छ ।
यात्रुको मन रसाउने र आखाँ तानिने गरि सजाएर लहरै राखिएका खुर्सानीका बट्टाहरु सडक पेटीमा देख्न सकिन्छ ।
यस ठाउँमा अकबरेको अफ सिजनको बेलामा पनि १० हजार हाराहारीको कारोवार हुने व्यवसायी बताउँछन ।
सिजनमा दिनको ५०–६० हजार रुपैयाँसम्मको खुर्सानी बेच्ने गर्छन भने अहिले अफ सिजन हो । यतिबेला पनि १० हजार जतिको बिर्की हुने गरेको पाइन्छ ।
इलामको एकतप्पा, आमचोकदेखि पाँचथरका पौवा सार्तापलगायतका गाउँका किसानको लागि राँके मुख्य बजार हो ।
ताप्लेजुङ्गको पाथिभरा घुम्न जानेको संख्या बाक्लिएपछि राँकेमा व्यापारको सिजन हुुन्छ ।
पाथीभराबाट फर्किएका धेरैजसोले राँकेबाट अकबरे, ध्यू, छुर्पी, ललिपप लगायतका परिकार कोशेलीको रुपमा लिएर फर्किने गरेका छन् ।