पाँचथरका स्थानीय तहमा ७ करोड रुपैयाँभन्दा वढी रकम बेरुजू

  नयाँ बुलन्द
0 Shares

news

पाँचथर : पाँचथरका स्थानीय तहमा ७ करोड रुपैयाँभन्दा वढी रकम बेरुजू देखिएको छ । जिल्लाका आठ स्थानीय तहमा ७ करोड ३१ लाख ९९ हजार बेरुजू रहेका छन् ।

महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा पाँचथरका स्थानीय तहले यति ठूलो रकम फर्यौैट गर्न नसकेको हो ।

यो पाँचथरका स्थानीय तहहरुमा विनियोजित कुल रकमको ३ दशमलव ९३ प्रतिशत हो । आठ स्थानीय तहमध्ये सबैभन्दा धेरै बैरुजू कुम्मायक गाउँपालिकाको रहेको छ ।

कुम्मायक गाउँपालिकाको २ करोड १८ लाख ३१ हजार बेरुजू रहेको छ ।

यति धेरै रकम बेरुजू हुनुमा प्राविधिक कारण रहेको कुम्मायक गाउँपालिकाका प्रशासकीय अधिकृत कमलप्रसाद भट्टराइले जानकारी दिए ।

उनले बेरुजू देखिएको रकममध्ये १ करोड ३० लाख फर्यौट भएको तर प्राविधिक कारण लेखापरिक्षण प्रतिवेदनमा समिट गर्न नसकिएको जानकारी दिए ।

कुम्मायकपछि मिक्लाजोङ गाउँपालिकाकोे १ करोड ३९ लाख १८ हजार रकम बेरुजू रहेको छ ।

त्यस्तै फिदिम नगरपालिकाको ८४ लाख २७ हजार, फालेलुङ गाउँपालिकाको ३८ लाख ९४ हजार, फाल्गुनन्द गाउँपालिकाको ४३ लाख ३१ हजार, तुम्वेवा गाउँपालिकाको ९४ लाख ६३ हजार र याङवरक गाउँपालिकाको ५७ लाख २४ हजार रकम बेरुजू रहेको छ । सबै भन्दा कम बेरुजू फालेलुङ गाउँपालिकाको ३८ लाख ९४ हजार रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार