वन व्यवस्थापन तथा प्राकृतिक स्रोतको उपयोग सम्बन्धी अन्तरक्रिया

  नयाँ बुलन्द
0 Shares

इलाम : वन व्यवस्थापनको लागि सामुदायिक बन समितिले समस्या झेल्दै आएको बताएका छन । इलाम सदरमुकाममा आयोजित वन व्यवस्थापन तथा प्राकृतिक स्रोतको उपयोग सम्बन्धी अन्तरत्रियाका सहभागीले यस्तो बताएका हुन ।

सामुदायिक वन उपभोक्ता समितिमा रहेका इलाम नगरपालिका र माई नगरपालिकाका प्रतिनिधीहरुको सहभागीता रहेको कार्यक्रम उनीहरुले व्यवस्थापनबारे अभिमुखीकरण नहुनाले व्यवस्थित गर्न नसकीरहेको गुनासो गरेका छन । प्राविधिकको अभावका कारण पनि व्यवस्थापनमा समस्या भएको बताएका छन् । वन सम्बन्धी ऐन कानुनबारे सचेतना अभावका कारण पनि व्यवस्थापनका समस्या भइरहेको बताएका छन् ।

अहिले विकासका नाममा कतिपय प्राकृतिक स्रोतको विनाश भइरहेको छ । दीगो वन व्यवस्थापन र वातावरण सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उदेश्यले सहयात्रा नेपाल इलामले अन्तरक्रियाको आयोजना गरको जनाएको छ । वन जंगल सरक्षण गर्ने र विकास निमार्ण गर्दा वातावरण संरक्षण गर्ने र प्राकृतिक स्रोत उपयोग गर्दा सचेतता अपनाउनेबारे राम रिमाल र डिभिजन कार्यलय इलामका सहायक वन अधिकृत संजीव राज ढकालले सहजीकरण गरेका थिए ।

इलाम नगरपालिका र माई नगरपालिकाका गरी ३५ जनाको सहभागीता रहेको थियो । यसअघि पहिलो चरणमा स्थानीय तहका जनप्रतिनिधिलाई सहभागी गराई स्थानीय तहको निति तथा बजेटमा वातावरण संरक्षणको लागि बजेट र कार्यक्रम बनाउन सहयोग पुर्याउन अन्तरक्रिया कार्यक्रम संचालन गरीसकेको छ ।

कार्यक्रमको उदघाटन संस्थाकी अध्यक्ष हेमकुमारी शिवाको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । टेवा काठमाडांैको सहयोगमा सहयात्रा नेपालले इलाम जिल्लामा यो वर्ष वातावरण सम्बन्धी कार्यक्रमहरु संचालन गरीरहेको संस्थाकी कोषाध्यक्ष सविता पाण्डेले बताइन् ।

सहयात्रा नेपालले जिल्लामा महिला, बालबालिका, अपाङ्गता तथा वातावरणको क्षेत्रमा काम गरीरहेको सस्थाकी सचिव सानु दासले बताइन् । इलाम रहेका दृष्टिविहिन बालबालिकालाई अध्ययन गर्न सहयोग पु¥याउदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार