इलामकाे सुकिलुम्बा विमानस्थल निर्माण दशकसम्म अधुरै

जहाज चड्ने सपना सपनामै सिमित‍‍‍‍‍‍............

इलाम : विमानस्थल निर्माण शुरु भएको ८ वर्ष बितिसक्दा पनि अझै सकिएको छैन ।

इलाम नगरपालिका–९ सुकिलुम्बामा निर्माणाधिन फाल्गुनन्द विमानस्थलको कामका लागि प्रयाप्त वजेट नभएका कारण काम हुन नसकेको हो ।

इलाम सदरमुकामबाट पाँच किलोमिटर दक्षिणमा रहेको सुकिलुम्बामा विमानस्थल बनाउन लामो समयसम्मको जग्गा व्यवस्थापनको प्रयास भएको थियो । जग्गा खालि गरेपछि ८ वर्षअघि काम थालियो । चाहिएजति बजेट नआउँदा सबै काम अलपत्र परेको छ । नेताले भने यस विमानस्थललाई चुनावि एजेन्डा मात्र बनाउने गरेको स्थानीय अभिषेक एक्तेन बताउनु हुन्छ ।

विमानस्थल निर्माणले मेचीका पहाडी जिल्ला र सीमापारी भारतको दार्जिलिङ र सिक्किमका बासिन्दाका लागिसमेत सहज हुने ठानिएको छ । विमानस्थलको कच्ची धावनमार्ग निर्माण गरिएको छ । विमानस्थलको भल व्यवस्थापनको लागि विमानस्थलबाट माइखोलासम्म नाली निर्माणको काम पनि सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्षमा पनि काम भइरहेको छ । विमानस्थलमा अहिलेसम्म १७ करोडभन्दा बढी खर्च भएपनि कामले गती नपाएपछि स्थानीय निराश भएका हुन् ।

एमाले नेता झलनाथ खनाल प्रधानमन्त्री हुँदा शिलान्यास गरेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेताहरुको चासो पछिल्लो समयमा बढे को स्थानीय प्रकाश चापागाइँ बताउनुहुन्छ ।

Image result for sukilumba

स्थानीय केशव खनाल भन्नुहुन्छ गतवर्ष २०७५ जेठमा एयरपोर्टमा फ्लाइट टेस्ट ल्याण्डिङ् गरिसकेको भएपनि काममा तीव्रता हुन सकेन । १८ यात्रु अटाउने ट्वीनअटर जहाज चल्ने विमानस्थलका लागि आवश्यक तीन सय २६ रोपनी जग्गा जिल्लास्थित सरोकारवाला निकाय र व्यक्तिबाट दुई करोड २६ लाख रकम संकलनगरी स्थानीयबाट अधिग्रहण गरिएको थियो । ६० मिटर चौडा र सात सय ३४ मिटर लम्बाई भएको कच्ची धावनमार्ग निर्माण भइरहेको छ । अहिलेसम्म केकति काम भएको छ यसमा पनि छानविन हुनुपर्ने भनाइ शान्ता बस्नेतकाे छ ।

Image result for sukilumba

विमानस्थलको काम समयमा पुरा भए स्थानीयले सहजरुपमा आवतजावत गर्न पाउने थिए । जसरी भएपनि सरकारले पहल गरेर प्रयाप्त बजेट छुट्ट्याएर विमानस्थलको काम पुरा गरे स्थानीयलाई सहज हुने थियो ।

विमानस्थल सञ्चालनमा ल्याउन टर्मिनल टावरका लागि भवन निर्माण, धावन मार्ग कालोपत्रे, विमान पाकिर्ङ र कार पार्किङ, भञ्ज्याङदेखि विमानस्थलसम्मको सडक र नाली निर्माण गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तर कुनैपनि काम अघि बड्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार