पाथीभरा गोल्ड कप : इलामको रेडहर्ष क्लब सेमिफाईनल प्रवेश

ताप्लेजुङ : ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्ड कप फुटबल प्रतियोगितामा इलामको रेडहर्ष क्लब सेमिफाईनल प्रवेश गरेको छ । शनिबार भएको खेलमा इलामले फिदिम स्र्पोटिङ क्लबलाई ट्राईबेकर ३–२ गोल अन्तरले पराजित गर्दै  इलाम सेमिफाइनल प्रवेश गरेको हो ।
निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेका थिए । फोफोनाको गोलमा इलामले सुरुवाती अग्रता लिएको थियो । फिदिमका लागि मनोज गुरुङले  गोल गरेर खेललाई बराबरि बनाए ।
निर्धारित समयमा दुवै टिमले जित निकाल्न नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा इलामका टेम्पे, फोफोना र विवेक राईले गोल गरे । प्रदिप विष्ट र हरी सिटौला गोल गर्न चुके । फितलो प्रहारलाई फिदिमका गोलकिपर सुरेश गुरुङले बचाए । फिदिमका लागि सरन बस्नेत र गजिन राईले गोल गरे । प्रविन जबेगु, जमिन लक्समको प्रहार सौरभ सुवेदीले बचाए । मनोज गुरुङको प्रहार गोलपोस्ट माथिबाट बाहिरिदा फिदिम प्रतियोगिताबाट बाहिरिएको हो ।
शनिवारको खेलमा इलामका गोलकिपर सुवेदी म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार नगद प्राप्त गरे ।  आइतबार बेलबारी फुटबल क्लब मोरङ र डाँगीहाट क्बलबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार