फोनिज प्रदेश अध्यक्षमा जम्‍नेली निर्वाचित, १९ बुँदे घोषणापत्र जारी

  राम योङहाङ  197 पटक हेरिएको

उदयपुर : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को अध्यक्षमा अर्जुन जम्नेली निर्वचित भएका छन् ।

उदयपुरमा शुक्रबार सम्पन्न फोनिजको प्रथम ऐतिहासिक प्रादेशिक महाधिवेनबाट  जम्नेली नर्वाचित भएका हुन् ।

महाधिवेनले जम्नेलीको अध्यक्षतामा २१ सदस्यीय प्रादेशिक कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा फिपराज बेघा र भूमिका सुब्बा फियाक निर्वाचित भएका छन् । महासचिवमा विदुर खावास निर्वचित भएका छन् । त्यसैगरी संगठन सचिवमा सन्देश सुब्बा र संस्थागत सचिवमा अप्सरा समाल मगर निर्वचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा सुसन राई निर्वाचित भएका छन् ।

 सदस्यहरुमा बीरबहादुर पापो, राजन साम्पाङ राई, प्रेम देवान, टकलाल राई, भाष्कर चौधरी र महेन्द्र मादेन निर्वाचित भएका छन् । महिला सदस्यहरुमा साहारा लिम्बू, मानवी तामाङ र विनादेवी तामाङ निर्वचित भएका छन् ।

त्यस्तै संस्थागत सदस्यहरुमा नविन गुरुङ, प्रदिपकुमार चौधरी, चन्द्रकुमार राई र अतित योङहाङ निर्वाचित भएका छन् । अल्पसंख्यक सदस्यमा विजय धिमाल निर्वाचित भएका छन् ।

लेखा समिति संयोजकमा घनेन्द्र केरुङ र सदस्यहरुमा खगेन्द्रकुमार राई र ज्ञानु केदेम लिम्बू निर्वाचित भएका छन् ।

तीन दिनसम्म चलेको महाधिवेशनमा प्रदेश १ का १४ जिल्लाका १ सय २२ जना प्रतिनिधिको सहभागिता रहेको थियो । महाधिवेशनको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेक थिए ।

१९ बुँदे उदयपुर घोषणापत्र 

महाधिवेशनले १९ बुँदे उदयपुर घोषणापत्र जारी गरेको छ ।

यस्तो छ घोषणापत्र :

  • फोनिजलेउठाएकोसमावेशीसञ्चारनीतिप्रदेशसरकाररस्थानीयतहहरुबाटतत्काललागूगरियोस्।
  • श्रमजीविपत्रकारऐनतत्कालकार्यान्वयनगरियोस्।
  • प्रदेशसरकाररस्थानीयतहलेबजेटनिर्माणगर्दाआदिवासीजनजातिसमुदायलक्षितकार्यक्रमहरुअनिवार्यसमावेशगराइयोस्।
  • प्रदेशभरसमानुपातिकरसमावेशीविज्ञापननीतिकार्यान्वयमाल्याइयोस्।
  • आदिवासीजनजातिसमुदायकाभाषा, लिपि, संस्कृतिलाईसम्बर्द्धनरप्रवर्द्धनहुनेगरीसञ्चारमाध्यमहरुबाटअनिवार्यप्रकाशनरप्रसारणगर्नेनीतिनिर्माणगरियोस्।
  • आदिवासीजनजातिसमुदायकोविषयउठानगर्नेसञ्चारमाध्यमहरुलाईलोककल्याणकारीविज्ञापनवितरणमाप्राथमिकतादिइयोस्।
  • आदिवासीजनजातिपत्रकारहरुलाईनेपालपत्रकारमहासंघमासमानुपातिकप्रतिनिधित्वकोआधारमानिर्वाचितहुनेव्यवस्थागरियोस्।
  • प्रदेशसरकाररस्थानीयतहहरुमाआदिवासीजनजातिसमुदायहरुकोमातृभाषालाईसरकारीकामकाजकोभाषाकारूपमामान्यताप्रदानगरियोस्।
  • आदिवासी जनजाति समुदायका मौलिक चाडहरुमा सार्वजनिक विदा कायम ul/of];\ .
  • आदिवासीजनजातिसमुदायकामातृभाषामारहेका, अपभ्रंषभएकाठाउँविशेषकोनामहरुतत्कालसच्याइयोस्।
  • बहुभाषिक शिक्षा निति लागू गरियोस् ।
  • वर्तमान सरकारले पेश गरेको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी भएकोले सरोकारवालासंग आवश्यक छलफल गरेर मात्र पेश गरियोस ।
  • प्रदेश नम्बर १ को नामाकंन ऐतिहासीक पहिचानको आधारमा तत्काल किरात-लिम्बुवान-खम्बुवान घोणषा गरियोस् ।
  • उदयपुर जिल्लामा बसोबास गर्ने आदिवासी जनजाती भित्रको दनुवार समुदायको लोप भएको मातृभाषा संरक्षण, संम्वर्द्धन र प्रबर्दनको लागि प्रदेश सरकारसँग जोडदार माग गर्दछ ।
  • उदयपुर जिल्ला भित्र रहेका ऐतिहासिक, धार्मिक एवम् पर्यटकिय स्थलहरु रौता पोखरी, चौदण्डिगढी, उदयपुरगढी र ताप्ली पोखरी लगाएतका स्थानहरुको संरक्षण, सम्बर्दन र प्रबर्दनको लागि प्रदेशसरकारसँग माग गर्दछ ।
  • धर्मनिरपेक्षसङ्घीयलोकतान्त्रिकगणतन्त्रनेपालकोमर्मअनुसारआदिवासीजनजातिसमुदायहरुकोसांस्कृतिकपक्षहरुसँगबाझिनेसम्पूर्णऐनरकानुनहरुतत्कालसंशोधनगरियोस्।
  • राज्यकोहरेकनिकायमासंविधानप्रदत्तसमानुपातिकसमावेशीव्यवस्थालाईकार्यान्वायनमाल्याइयोस्।
  • लोकसेवा आयोगले स्थानीय तहका लागि गत १५ जेठमा प्रकाशित गरेको असमावेशी विज्ञापन खारेज गरी पुन समावेशी विज्ञापन प्रकाशित गरियोस् । साथै संविधानप्रदत्तआदिवासीजनजातिलगायतउत्पीडितलक्षितसमुहकालागिगरिएकोआरक्षणकोव्यवस्थाकायमगरियोस्।
  • फोनिज प्रदेश १ का इन्चार्ज दिपीन राईको बाबु धनबहादुर राईको गत २०७६ साउन २० गते भएको असामयिक निधनप्रति यो महाधिवेशन शोक प्रस्ताव पारित गर्दै स्वर्गीय राईको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त राई परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार