वडाध्यक्षलाई कालोमोसो र चप्पलको माला

news

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–२ का अध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द नेतृत्वको समूहका कार्यकर्ताले कालोमोसो दल्नुका साथै चप्पलको माला लगाइ दुर्व्यवहार गरेका छन् ।

बिहीबार कार्यालयमा मोसो लगाएको बताइएको छ ।

भ्रष्टाचार गरेको, राजश्व संकलनमा नातावाद–कृपावाद गरेको, बजेट वितरणमा मनोमानी गरेकोलगायतका आरोप लगाउँदै मोसो दलिएको चन्द समूहको दाबी रहेको छ ।

पटक–पटक सुझाव दिँदा पनि सुधार नभएकाले चेतावनीस्वरुप कालोमोसो दलेको चन्द समूहको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार