फोनिजको प्रादेशिक महाधिवेशनमा ९ अग्रज पत्रकारलाई सम्मान

उदयपुर : नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज) प्रदेश १ को प्रथम ऐतिहासिक महाधिवेशनमा ९ जना अग्रज पत्रकारलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा उदयपुरका अग्रज पत्रकार कौशल चेम्जोङ र महेश्वर चाम्लिङ, सुनसरीका हर्ष सुब्बा, याम प्रधान र गोपाल देवान, धनकुटाका विजय सन्तोषी राई र संजय सन्तोषी राई, झापाका रमेश समदर्शी  र इलामका सटेन्द्र जवुगू रहेका छ्न ।

उनीहरुलाई प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले दोसल्ला सहित सम्मनपत्रले सम्मान गरे ।

पत्रकारिताको क्षेत्रबाट समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै नगद ५ हजारसहित सम्मान गरिएको हो ।

कार्यक्रम फोनिज प्रदेश १ महाधिवेशन आयोजक समितिका संयोजक एवम् प्रदेश इन्चार्ज दिपीन राईको अध्यक्षतामा भैरहेको छ ।

कार्यसमिति निर्वाचित गर्नेछ । जसमा अध्यक्ष १, उपाध्यक्ष २ (१ महिला), महासचिव १, सचिव २ (संगठन र संस्थागत), कोषाध्यक्ष १ र १४ जना सदस्य निर्वाचित हुनेछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार