फोनिज प्रदेश १ को प्रादेशिक महाधिवेशन सुरु

  नयाँ बुलन्द  73 पटक हेरिएको

उदयपुर : नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज) का प्रदेश १ को प्रथम ऐतिहासक प्रादेशिक महाधिवेशन उदयपुरमा सुरु भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका ९ राजाबासमा सुरु भएको महाधिवेशनको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरे ।

महाधिवेशनमा फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङ, महासचिव मनोज मगर, सचिव मिलन लिम्बू र कमन देवान, कोषाध्यक्ष अमरध्वज लामालगायतको उपस्थिति छ ।

महाधिवेशनका लागि सबै जिल्ला र सस्थागत समितिबाट डेढ सय प्रतिनिधि र पर्यवेक्षकको उपस्थिती छ ।

महाधिवेशनले २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति निर्वाचित गर्नेछ । जसमा अध्यक्ष १, उपाध्यक्ष २ (१ महिला), महासचिव १, सचिव २ (संगठन र संस्थागत), कोषाध्यक्ष १ र १४ जना सदस्य निर्वाचित हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार