फोनिज प्रदेश १ को महाधिवेशनमा ९ अग्रज पत्रकार सम्मानित हुने (सूचिसहित)

उदयपुर  : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को प्रथम ऐतिहासिक महाधिवेशनमा ९ जना अग्रज पत्रकारलाई सम्मान गरिने भएको छ ।

पत्रकारिताको क्षेत्रबाट समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै प्रदेश १ का ९ जना आदिवासी जनजाति पत्रकारहरुलाई सम्मान गर्न लागिएको फोनिज प्रदेश १ महाधिवेशन आयोजक समितिका संयोजक एवम् प्रदेश इन्चार्ज दिपीन राईले जानकारी दिए ।

प्रदेश महाधिवेशनको उद्घाटन कार्यक्रममा उदयपुरका पत्रकार कौशल चेम्जोङ र महेश्वर चाम्लिङ, सुनसरीका हर्ष सुब्बा, याम प्रधान र गोपाल देवान, धनकुटाका विजय सन्तोषी राई र संजय सन्तोषी राई, झापाका रमेश समदर्शी  र इलामका सटेन्द्र जवुगूलाई सम्मान गर्न लागिएको इन्चार्ज राईले जानकारी दिए ।

उनीहरुलाई महाधिवेशनको उद्धाटन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अस्तवाहुलीबाट कदरपत्र सहित सम्मान गरिनेछ ।

फोनिज प्रदेश १ को महाधिवेशन विहीबारदेखि उदयपुरको त्रियुगा नगरपालिका ९ राजावासमा हुनेछ । मुख्यमन्त्री राईले विहान ८ बजे फोनिजको प्रादेशिक महाधिवेशन उद्घाटन गर्नेछन् ।

महाधिवेशनले २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति निर्वाचित गर्नेछ । जसमा अध्यक्ष १, उपाध्यक्ष २ (१ महिला), महासचिव १, सचिव २ (संगठन र संस्थागत), कोषाध्यक्ष १ र १४ जना सदस्य निर्वाचित हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार