मुख्‍यमन्त्री राई उदयपुर आउँदै, फोनिजको प्रादेशिक महाधिवेशन उद्घाटन गर्ने

उदयपुर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उदयपुर आउने भएका छन् ।

त्रियुगा नगरपालिका ९ मा सुरु हुन लागेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को प्रथम ऐतिहासिक प्रादेशिक महाधिवेशनको उद्घाटन गर्न मुख्यमन्त्री राई उदयपुर आउन लागेका हुन् ।

मुख्यमन्त्री राई बुधबार साँझ गाइघाट आइपुग्नेछन् । मुख्यमन्त्री राईले विहीबार विहान ८ बजे फोनिजको प्रादेशिक महाधिवेशन उद्घाटन गर्नेछन् ।

फोनिजको प्रादेशिक महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयझकले जनाएको छ ।

महाधिवेशनका लागि सबै जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षक उपस्थित हुने क्रम सुरु भएको आयोजकले जनाएको छ । करिब ३ सय प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने फोनिज प्रदेश १ तदर्थ समितिका संयोजक एवम् प्रदेश इन्चार्ज दिपिन राईले जानकारी दिए ।

महाधिवेशनले २१ सदस्यीय नयाँ प्रादेशिक कार्यसमिति निर्वाचित गर्नेछ । जसमा अध्यक्ष १, उपाध्यक्ष २ (१ महिला), महासचिव १, सचिव २ (संगठन र संस्थागत), कोषाध्यक्ष १ र १४ जना सदस्य निर्वाचित हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार