इलाम अस्पतालमा पहिलो पटक थाइराइडका विरामी परिक्षण गरिने

  नयाँ बुलन्द  224 पटक हेरिएको


इलाम : इलाम अस्पतालले पहिलो पटक थाइराइड परिक्षण गर्ने मेशीन संचालन गर्ने भएको छ । अस्पतालले दश लाखमा थाइराइड परिक्षण गर्ने चाइनिज मेशीन खरिद गरेको र आगामी भदौ एक गतेबाट विरामीहरुको परिक्षण शुरु गर्ने भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा पवनजग रायमाझीले उक्त मेशीन संचालनमा आएपछि प्रोस्टेटको क्यान्सर पनि परिक्षण गर्न सकिने जानकारी दिए ।

यसबाट दुर्गममा भएका गरिव र सामाजिक स्वास्थ्य विमा भएका विरामीहरुलाई राहत पुग्ने विश्वास उनकाे छ ।

पाँच वर्ष अगाडि शैयामा स्तर उन्नति भएको अस्पतालमा बहिरंग, इमरजेंसी साथै एक्स रे , भिडियो , एक्स रे लगायतका सेवा संचालनमा रहेका छन् । भरपर्दो सुविधा नहुँदा विरामीहरु ज्यादा अन्यत्र रिफर लिएर जाने गरेका थिए । आधुनिक उपकरण जडान भएपछि अन्य सरकारी अस्पतालमा रहेको दररेट हेरेर सहुलियतमा परिक्षण शुल्क तोकिने डा रायमाझिले बताए ।

इलाम अस्पतालमा १७ जना चिकित्सकको दरवन्दि भएपनि हाल एक जना मात्र दरवन्दि अनुसार कार्यरत रहेका छन् । अस्पतालमा इलाम जिल्ला लगायत पाँचथरका विरामी सेवा लिन आउने गरेका छन् । आधुनिक उपकरणबाट जिल्लामै सेवा लिन पाइने भएपछि सेवाग्राहिले खुशी व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार