“सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम : अवसर र चुनौतीहरु” बिषयक अन्तरक्रिया

इलाम : अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार इलाममा “सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम : अवसर र चुनौतीहरु” बिषयक अन्तरक्रिया सम्पन्न भयो ।

जिल्ला मुल समारोह समिति, इलामको संयोजक एवं जिल्ला युवा समितिको कार्यालय इलामका अध्यक्ष नवराज शंकरको अध्यक्षता र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रमको कार्यान्वयनको सन्दर्भमा जोडिएको अवसर र चुनौतीहरुको बारेमा छलफल भएको थियो ।

कार्यक्रममा सरकारले ल्याएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रमलाई इलाममा प्रभाकारी रुपमा कार्यान्वयन गर्न जिल्लास्थित बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुले प्रतिवद्धता गरेका थिए भने सरोकारवाला संस्थाले समन्वय गरेर, सचेतता अभिबृद्धीमा योगदान गर्ने प्रतिवद्धता गरेका थिए ।

अन्तरक्रियाको अवसरमा बैंकर्स एसोसिएसन इलामको अध्यक्ष दीपेन्द्र ठाकुर, सशस्त्र प्रहरी उपरीक्षक रोशन श्रेष्ठ, सुनचाँदी व्यवसायी संघ इलामका अध्यक्ष देवेन्द्र शंकर, अनेरास्ववियु इलामका अध्यक्ष इश्वरी तमाङ्ग, मानव अधिकार मञ्चका मनकुमार बराईली, करुणा फाउण्डेशनका कार्यक्रम निर्देशक अजित योन्जन, युवा उद्योमी मिलन खत्री, विपिन दहाल लगायतले आफ्नो धारणा राखे ।

युवा अभियान्ता प्रकाश परियारले सञ्चालन गरेको कार्यक्रममा इलाम नगर युवा परिषद्का अध्यक्ष सचिन रायले स्वागत गरेका थिए । दिवसकै अवसरम बिहान इलाममा प्रभातफेरीको आयोजना गरिएको थियो । दिवस मनाउन जिल्ला युवा समितिको कार्यालय इलामको संयोजकत्वमा समारोह समिति आयोजना गरिएको थियोे । समारोह समितिमा इलाम नगर युवा परिषद्, अनेरास्ववियु, नेबि संघ, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम, मानव अधिकार मञ्च नेपाल इलाम, द पियर फाउण्डेशन, भरोसा नेपाल, नेपाल युवा परिषद् इलाम, क्विन इलाम पर्यटन प्रवर्द्धन समिति, चेतना नाट्य समुह इलाम र युवा सन्जाल नेपाल इलाम रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार