विश्व युवा दिवसको अवसरमा इलाममा प्रभातफेरी

  नयाँ बुलन्द  119 पटक हेरिएको

इलाम : “शिक्षामा रुपान्तरण : उद्यमशीलता र नवप्रवर्तन” भन्ने नाराका सा अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा इलाम सदरमुकाममा प्रभातफेरी आयोजना गरिएको छ ।

जिल्लास्थित युवा सम्बद्ध सरकारी कार्यालय, राजनीतिक संघ, संगठनहरु, गैरसरकारी संस्थाहरुको संयुक्त आयोजनामा इलाम सदरमुकाममा बिहान प्रभातफेरी आयोजना गरिएको हो ।

रत्नचोक (ठूलो टुँडिखेल) बाट शुरु भएको युवा, विद्यार्थी, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको प्रभातफेरी बसपार्क-प्रकाशपथबाट नबिनचोक-चोक बजार-जिसस रोड-मालापथ हुँदै पुनः चोक बजारमा आएर सभामा परिणत भएको थियो ।

सभालाई जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराल, जिल्ला युवा समितिको कार्यालय इलामका अध्यक्ष नवराज शंकरले सम्बोधन गरेका थिए भने युवा अभियान्ता प्रकाश परियारले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार