जिल्ला बुद्धिचाल संघ इलामको अध्यक्षमा लिम्बू निर्वाचित

इलाम : जिल्ला बुद्धिचाल संघ इलामको अध्यक्षमा यामप्रसाद लिम्बु निर्वाचित भएका छन् ।

शनिबार इलाममा सम्पन्न संघको पाँचौ जिल्ला अधिबेशनबाट लिम्बूको अध्यक्षता ९ सदस्यीय कार्समिती निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षमा प्रकाश परियार, सचिवमा रोशन राई र कोषाध्यक्षमा होमचन्द्र गौतम निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा खड्ग सुब्बा, रामकुमार लिङदम, गंगा राई, कविन्द्र राई र मौसमी गुरुङ निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष लिम्बूले जानकारी दिए ।

लिम्बू यसअघि पनि संघको जिल्ला अध्यक्ष थिए । अधिवेशको उद्घाटन प्रदेश १ का सांसद धिरेन्द्र शर्मा ‘रमण’ को प्रमुख आतिथ्यता भएको थियो । उद्घाटन कार्यक्रममा नेपाल बुद्धिचाल संघ केन्द्रिय उपाध्यक्ष बिदुर गौतम, जिल्ला युवा समिती अध्यक्ष नवराज शंकर, बुद्धिचाल केन्द्रिय सचिव धरमबहादुर लामा लगायतले शुभकामना मन्व्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार