फाकफोकथुमा २५ औं विश्व आदिवासी दिवस

  युद्धबहादुर बोहोरा
0 Shares

इलाम : ‘विश्व भरिका उत्पीडित जाती एक हौं’ भन्ने मुल नाराका साथ फाकफोकथुम-१,ठिंङ्गेपुरमा विश्व आदिवासी जनजाति दिवस मनाइएको छ।

आदिवासी जनजाति महासंघ वडा न.१को आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष देउप्रसाद लिम्बुको अध्यक्षता तथा वडा अध्यक्ष टेकवीर लिम्बुको प्रमुख आतिथ्य रहेकोे थियो।

आदिवासी जनजातिको ऐतिहासिक पृष्ठभुमि,वर्तमान अवस्था र आगामी दिनमा यो समुदायले खेल्नु पर्ने भुमिका बारे प्रमुख अतिथि नेम्वाङले व्याख्या गरेका थिए।

उत्पीडित जातिको पहिचान स्थापित गर्न र राज्यको मुलधारमा जनजाती समुदायलाई समावेश गर्न राज्यबाट कन्जुस्याइँ नगर्न समेत आग्रह गरेका थिए।

यसै आर्थिक वर्षमा जनजाती शिर्षकको बजेटबाट ‘आदिवासी जनजाति संग्राहलय’ निर्माण गर्न वडामा थोरै भए पनि रकमको व्यवस्था गरिएको उनले जानकारी गराए।

कार्यक्रममा किराँत याक्थुङ्ग चुम्लुङ्ग,नेपाल शेर्पा समाज,किराँत राई यायोक्खा,नेपाल मगर संघ,नेवार समाज,भुजेल समाज,किराँत याख्खा छुम्मा,नेपाल तामाङ घेदुङ्ग संघ गरि वडामा रहेका आठ जनजाती समुदायका संगठनहरुको उपस्थिति थियो। उनीहरुले आफ्नो आफ्नो जातीय पहिचान सहितको कला संस्कृती प्रदर्शन गरेका थिए।

ढोलनाच, च्याब्रुङ्ग नाच, पालाम, तामाङ्ग सेलो गाउनुका साथै विद्यार्थीहरुले व्याङ्यात्मक र्‍याप गित सुनाएर मनोरञ्जन गराएका थिए।

उत्कृष्ट कला प्रदर्शन गर्ने समुहलाई प्रमुख अतिथिबाट नगद पुरस्कार प्रदान गरिएको थियो।

जन प्रतिनिधि,पार्टी प्रतिनिधि,संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए। स्थानीय बासिन्दाको बाक्लो उपस्थित रहेको कार्यक्रमलाई स्थानीय बुद्धिजीवी विरमान लिम्बुले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार