आफू बाँच्‍न चाहेको भन्दै सम्झना लाओतीद्वारा सहयोगको याचना

क्यान्सर पीडित सम्झना लओती थेगिम

मोरङ : क्यानसर रोगबाट ग्रसित मोरङको कानेपोखरी गाउँपालिका–६, की सम्झना लाओती थेगिमको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन् ।

स्तन क्यानसरका कारण २० महिनादेखि ललितपुर स्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत सम्झनाको २० लाख बढी रकम सकिएपनि निको हुन सकेकी छैनन् । अहिले फोक्सोमा समेत क्यानसर देखिएपछि डाक्टरको सल्लाह अनुसार भारतको राजस्थान लैजानु पर्ने भएकोले जटिल समस्या थपिएको छ ।

पारिवारिक नातागोताबाट संकलित रकम सकिएपछि सास भईञ्जल आस हुने र अब भगवान भरोसा अर्कोे विकल्प हामीमा नभएकोले अबको पाटो भनेको दयालु, मनकारी, सहयोगी दाताहरुमाझ अपिल गर्नु परेको पीडितका दिदी सुनिता लाओतीले बताइन् ।

मासिक हजारौं रुपैयाँको औषधि, तीन हप्तामा किमो चलाउनु पर्ने, एक किमोको १२ देखि १५ हजार रुपैया पर्ने दीर्घ रागी श्रीमतीको उपचार खर्च जुटाउन पति अर्जुन थेगिम रोजगारीको लागि खाडी मुलुक साउदी अरव गएका छन् ।

आर्थिक समस्याका कारणनै भारत लानमा ढिलाई र उपचारमा समस्या आएकाले यसलाई देश विदेशमा ब्यापक र प्रभावकारी वनाउन हामीले १९ सदस्य रहेको समितिनै बनाएर अघि बढेको संयोजक राजकुमार पापोले बताए ।

एकदिनको खाजा, नास्ताको पैसा जोगाएर सहयोग गरिदिनुहुन छोरी अर्जना थेगिमले अपिल गरेकी छिन् । मेरी आमा आँशु झार्दै भन्छिन्, ‘छोरी म बाँच्न चाहान्छु ।’

सम्झनालाई बचाउन र परिवारलाई सहयोग गर्न विस्तृत जानकारीः

सुनिता लाओती : ९८०८९६०५०५ (विरामीका दिदी)
राजकुमार पापा : ९८०७९७९१९९ (विरामी उपचार समिति संयोजक)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार