फाक्तेप स्वास्थ चौकीमा २७ औं विश्व स्तनपान सप्ताह

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : फाल्गुनन्द गाउँपालिका -५,घुर्बिसे पञ्चमीमा रहेको फाक्तेप स्वास्थ चौकीमा २७ औं विश्व स्तनपान सप्ताह सम्पन्न गरिएको छ।

स्वास्थ चौकीका इन्चार्ज रमेश शाहको अध्यक्षता तथा वडा अध्यक्ष अविन्द्रप्रसाद चेम्जोङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

“आमा बाबुको सक्षमता,स्तनपान सफलता”भन्ने मुल नाराका साथ साउन १६ देखि २२ गते सम्म संचालित कार्यक्रमलाई गाउँपालिकाको आर्थिक सहयोग र स्वास्थ चौकीका स्वास्थकर्मीहरुको टोलिले सहजीकरण गरेका थियो।

 सुनौलो हजार दिनका आमा र बच्चा सहित करिब ४० जना आमाहरुले सहभागी रहेको स्वास्थ चौकी इन्चार्ज शाहले जानकारी दिए।

दुई जिल्लाको सिमानामा रहेको स्वास्थ चौकीमा छिमेकी  इलाम फाकफोकथु-१ का विरामीहरुले समेत सेवा सुविधा लिइरहेको छन्।

यसै आर्थिक वर्षबाट ल्याब सेवाको सुविधा गाउँपालिकाले व्यवस्था गरेको हुँदा चाँडै संचालन हुने उनले जनाए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार