प्रधानमन्त्री रोजगार कार्यक्रमको ५० प्रतिशत बजेट फ्रिज

  नयाँ बुलन्द  85 पटक हेरिएको

चितवन : प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी चितवनमा आएको करिव ५० प्रतिशत वजेट फ्रिज भएको छ । चितवनका सात स्थानीय तहमा सो कार्यक्रम सञ्चालनको लागी आएको २ करोड ४० लाख ७२ हजार रुपैयाँ मध्य एक करोड १८ लाख ५६ हजार रुपैयाँ फ्रिज भएको हो । आर्थिक बर्ष २०७५/०७६ मा रोजगार कार्यक्रम सञ्चालनको लागी आएको ५० प्रतिशत रकम फ्रिज भएको हो ।

भरतपुर महानगरपालिकमा कार्यक्रम सञ्चालनको लागी एक करोड ८ लाख ७२ हजार वजेट आएकोमा ४० लाख २२ हजार रुपैयाँ फ्रिज भएर फिर्ता भएको हो । रत्ननगर नगरपालिकामा रोजगार कार्यक्रम सञ्चालनको लागी ३३ लाख रुपैया आएकोमा ९ लाख ४२ हजार ३३१ रुपैयाँ मात्र खर्च भई २३ लाख ५७ हजार ६६९ रुपैयाँ फ्रिज भएको छ । खैरहनी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २५ लाख रुपैयाँ प्राप्त भएकोमा २० लाख ५६ हजार रुपैयाँ फ्रिज भएको छ ।

कालिका नगरपालिकामा १९ लाख रुपैयाँ वजेट आएकोमा १५ लाख ८० हजार रुपैयाँ फ्रिज भएको छ । राप्ती नगरपालिकामा रोजगार कार्यक्रम सञ्चालनको लागी सरकारले २६ लाख रुपैयाँ आएकोमा १४ लाख ६० हजार ५०० रुपैयाँ फ्रिज भएर फिर्ता गएको छ । माडीमा सरकारले दिएको १८ लाख रुपैयाँ मध्य १७ लाख रुपैयाँको काम भएको छ । एक लाख रुपैयाँ फ्रिज भएको छ । गाउँपालिका इच्छाकामना गाउँपालिकामा ११ लाख रुपैयाँ बजेट आएकोमा २ लाख ८० हजार रुपैयाँ फ्रिज भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार