म्याङलुङ नगरपालीका वडा नम्बर १ द्वारा खर्च सार्वजनिकिकरण

तेह्रथुम : म्याङलुङ नगरपालीका वडा नं १ मा आर्थिक बर्ष २०७५÷७६ मा १४ परिवार बसाई अन्यत्र बाट बसाई सरि आएका छन् । गत बर्ष ११ परिवार अन्यत्र बाट म्याङलुङ १ मा बसाई सरि आएको वडा कार्यालयद्धारा साउन २२ गते बुधबार आयोजित सार्बजनिक सुनवाई कार्यक्रममा सार्बजकि गरिएको हो । पछिल्लो समय सदरमुकाम म्याङलुङमा बिभिन्न सुबिधाको खोजी गर्दै बसाईसरी आउनेको सख्या बढेको हो । सदरमुकाम म्याङलुङ वडानम्बर १ भित्र पर्ने भएकोले पनि यहाँ बसाईसरी आउनेको सख्या बढेकोे वडा अध्यक्ष ईन्द्रराज लिम्बुले बताउनु भयो ।

खर्च सार्बजनिकरण कार्यक्रममा गत आर्थिक वर्षमा वडा भित्र विभिन्न ३३ वटा शिर्षकमा ५० लाख रकम खर्च गरेको सार्बजनिक गरिएको छ । १ नंम्बर वडाले भौतिक पुर्वाधार, संस्थागत कार्यक्रमहरु र वडा कार्यलयबाट गरीएको कार्यक्रममा नगरपालिकाद्धारा बिनियोजित ५० लाख रकम खर्च भएको वडा अध्यक्ष लिम्बुले बताउनु भयो ।वडा भित्र भौतिक पुर्वाधार तर्फ बाहूनबारी देखी आदर्श आधारभुत बिद्यालय सम्मका सडक विस्तारको लागी ५ लाख , डाडा खर्क देखी खुर्कुरे हुदै तमोर सडक विस्तारको लागी ३ लाख, सिकारी थुम्बाबाट डवली सम्म खानेपानी पाइप विस्तारको लागी २ लाख, आर्र्मी क्याम्प देखी भ्यू टावर सम्मको सडक स्तारोन्नतीको लागी वडाबाट १२ लाख रकम विनियोजन गरी कार्य सम्पन्न गरीएको सार्बजनिक गरिएको छ ।

सार्बजनिक सुनवाई कार्यक्रममा वडाबासीको माग अनुसार ४२ वटा प्लाष्टीक पोखरी निर्माणका लागि सामाग्री समेत खरिद गरिएको सार्बजनिक गरिएको छ । वडा भित्रका बिपन्न परिवारलाई वडा कार्यालयले निशुल्क बिद्युत जडान समेत गरि दिएको वडा सदस्य तारा श्रेष्ठले जानकारी दिनु भयो । वडाकार्यालयमा पञ्जीकरण तथा अन्य बिबिध शिर्षक बाट आर्थिक बर्ष ०७५÷७६ मा १ लाख ५५ हजार ७२ रुपैया राजश्व संकलन भएको जानकारी गराईएको छ । वडा कार्यालयले एक घर एक प्लाष्टीक पोखरी, सुकुमबासी र बिपन्न परिवारलाई निशुल्क बिदुत जडान , पशु बिमा र म्याङलुङ बसपार्कमा सुरु गरेको फ्रिवाईफाई कार्यक्रमलाई निरन्तरता दिएको छ । आर्थिक बर्षको अन्त्यमा खडेरी र बाढी पहिरोले वडाबासीको बालीनालीमा क्षति पुर्याए पछि राहत बितरण कार्यक्रमलाई समेत पहिलो प्राथमिकतामा राखेको वडा अध्यक्ष लिम्बुले पत्रकार सम्मेलनमा सार्बजनिकरण गरेका छन् ।

वडा नं. १ को कार्यलयमा आर्थिक बर्ष २०७५÷७६ मा १ सय २६ वटा व्यक्रिगत घटना दर्ता भएका छन् । गतसालको साउन देखी असार मसान्त सम्ममा १ सय २६ वटा व्यत्तीगत घटना वडा कार्यलयमा दर्ता भएका हुन् । एकबर्षको अवधीमा जन्म–६७,विवाह–१७,मृत्यू–१८ र बसाईसराईको २६ गरि जम्मा १ सय २६ वटा घटना दर्ता भएको वडा नं. १ का अध्यक्ष ईन्द्रराज तुम्बाहाङफेले जानकारी दिनुभयो । उहाका अनुसार बसाई सराईको घटनामा १४ वटा आएको र १२ वटा बसाई गरि गएका घटना दर्ता भएका हुन् ।

यसैगरि गएको आर्थिक बर्षमा वडा कार्यलय देखी ९ सय ६१ वडा सिफारिस वितरण गरिएको छ । एकबर्षमा नाता प्रमाणित ४२,नयाँ नागरिकता ८२ , नागरिकता प्रतिलिपी ३०,घरबाटो तथा नामसारीमा ९२ वडा सिफारिस वितरण भएको वडा कार्यलयका सचिव हरिराज खत्रीले जानकारी दिनुभयो । त्यस्तै चारकिल्लाको ९२ , बिद्युत जडान ७२ र घरजग्गा मुल्याङकन तथा बार्षिक आयश्रोतका १२ गरि जम्मा ९ सय ६१ सिफारिस वितरण भएका हुन् । वडा क्षेत्रमा हुने गरेका कतिपय व्यत्तिगत घटनाहरु पञ्जीकरणमा दर्ता गर्न अझैपनि सतप्रतिशत नआउने गरेकाले सबै नागरिक जिम्मेवार हुनुपर्ने वडाध्यक्ष तुम्बाहाङफेको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार