पाँचथरमा पनि डेंगुका विरामी

  नयाँ बुलन्द  129 पटक हेरिएको

news

पाँचथर : पाँचथरमा पनि डेंगुका विरामी भेटिएका छन् । प्रदेश १ का झापा, मोरङ र सुनसरी जिल्लामा नियन्त्रण बाहिर रहेको डेंगु सदरमुकाम फिदिमका विभिन्न स्थानवाट ज्वरो आएर परीक्षण गराउन आएका ५ जना बिरामीमा डेगुंको संक्रमण देखिएको हो ।

जिल्ला अस्पताल र समर्पित अस्पतालमा आएका बिरामीमा डेंगु भेटिएको वताइएको छ ।

पाँचथर जिल्ला अस्पतालमा डेंगुको परीक्षण गर्ने किड नभएकाले त्यहाँ आएका बिरामीलाई समर्पित अस्पतालमा रेफर गरेर स्वास्थ परीक्षण गर्ने गरिएको छ ।

यसरी दुवै अस्पताल आएकामध्ये ५ जनामा डेंगु पुष्टि भएपछि २ जनालाई विराटनगर, एक जनालाई झापाको विएण्ड सि र बाँकी २ जनालाई समर्पित अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

पाँचथरमा डेंगु सार्ने जातका लामखुट्टे सिमित ठाँउमा मात्रै रहने सम्भावना भएकाले झापा मोरङ र सुनसरी जिल्लाबाट यो रोग फैलिएकोे हुनसक्ने पाँचथर जिल्ला अस्पतालका प्रमुख डा. वुद्धीबहादुर थापाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार