पत्रकार दिपिन राईलाई पितृ शोक

झापा : झापाका अग्रज पत्रकार नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज) प्रदेश १ का संयोजक एवं इन्चार्ज दिपिन राईलाई पितृ शोक परेको छ ।

इन्चार्ज राईका बाबू धनबहादुर राईको ७९ वर्षको उमेरमा सोमबार दिउँसो १ बजे निधन भएको हो ।

झापाको अर्जुनधाराबाट प्रकाशित यलम्बर टाइम्स साप्ताहिकका सम्पादक समेत रहेका दिपीन राईका बाबु धनबहादुर विगत केही वर्षदेखि दम रोगको बिमारी थिए ।

स्वास्थ्यमा केही खराबी आएपछि अर्जुनधारा ७ निजी निवासबाट करिब अढाइ किलोमिटर पैदल हिँडेर आफैँ राई अर्जुनधाराको शंकर हस्पिटल पुगेका थिए ।

स्वास्थ्य गम्भीर भएपछि शंकर हस्पिटलले बिर्तामोडको बिएन्डसी हस्पिटलमा रेफर गरेको थियो । हस्पिटल पुर्याइसकेछि धनबहादुरको निधन भएको परिवारले जनाएको छ ।

राईको आजै अर्जुनधारा ९ स्थित सालबारीमा राई परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । मृतक राईको श्रीमती दुई छोरा, चार छोरी र ११ नातिनातिनी रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार