बालक्लवका विद्यार्थीहरुलाई प्रशिक्षण दिदै प्रहरी !

इलाम : शिक्षा विकास तथा समन्वय इकाइ इलामको आयोजना तथा समुदाय-प्रहरी जिल्ला समिति इलामको सहकार्यमा  वालक्लवका बिद्यार्थीहरु माझ सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ इलामको सभाहलमा सम्पन्न भएको कार्यक्रममा इलाम नगरपालिकाका १० वटा बिद्यालयका वालक्लवका बिद्यार्थीहरुलाई सहभागी भएका थिए ।

कार्यक्रममा लागु औषध, साइवर अपराध,बालयौन दुर्ब्यवहार,बाल विवाह सम्बन्धी जिल्ला प्रहरी कार्यालय इलाममा प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ इलामका इकाइ प्रमुख शम्भुनाथ थापा मगर, शाखा अधिकृत डम्वर बहादुर सुबेदी, शाखा अधिकृत अम्बिका प्रसाद खनाल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा आर्दश मावि,अमर मावि, प्रज्ञा सदन, मन्टेश्वरी, ग्रीन भ्याली, समता, हेरीटेज, इलाम मावी, जुबिलेन्ट र ज्योती बिद्या मन्दिर इलामका वालक्लवका बिद्यार्थिहरु सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार