तीनचुले जडिबुटी संस्था विरुवा वितरण

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : मनसुनको समयलाई मध्यनजर गर्दै तीनचुले जडिबुटी उत्पादक सहकारी संस्थाले शेयर सदस्य तथा इच्छुक कृषकलाई जडिबुटीका विरुवा वितरण गरेको छ।

औषधिको कच्चापदार्थ तथा घरेलु जडिबुटी उत्पादन गरेर
स्वरोजगार साथै आर्थिक समृद्धिमा मद्दत पुग्ने लक्ष्यले
फाल्गुनन्द-४,चिलिङ्देन स्थित पुरानो पञ्चमी बजारमा रहेको संस्थाको कार्यालयबाट किसान तथा शेयर सदस्यलाई आस्वगन्ध,सर्पगन्ध,हर्रोबर्रो,तेजपत्ता,कुरिलो,अमला,टिमुर लगायतका दुई हजार पाँचसय जडिबुटीका विरुवा नि:शुल्क बाँडिएको संस्थाका अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिए।

विरुवा रोपण,जडिबुटीको उपयोग तथा प्राविधिक सहयोगका लागि फाल्गुनन्द आयुर्वेदिक औषधालयका वरिष्ठ कविराज निरीक्षक राजु पराजुलीद्वारा प्रशिक्षण हुँदै आएको उनले बताए।
डिभिजन बन कार्यालय,पाँचथरको अनुदान र वडा न.- ४ को आर्थिक सहयोगमा करिब दुई लाख ५० हजार रुपैयाँ बराबरको विरुवा ६१ घरधुरीका सदस्यलाई हस्तान्तरण गरिएको थियो।
३४ जना शेयर रहेको संस्थाका सदस्यहरुको निजि जग्गा र ७ नम्बर फारममा रहेको यस वडाको लगभग दुई सय ५० रोपनी जग्गामा चिराइतो,सतुवा,घ्यू कुमारी,पाखनवेत,टिमुर,लोटसल्ला,बुढाेओखती,खनक्पा आदि जातका बोटविरुवा लगाइएको शेर्पाको भनाइ छ।

जडिबुटी नर्सरी,उत्पादन,संकलन र प्रशोधन गरि निर्यात गर्न सरोकारवाला संग पहल गर्दै व्यवसायिक जडिबुटी उत्पादक कृषकलाई आर्थिक सहयोग,तालिम तथा प्रशिक्षण गराउने संस्थाको योजना रहेको उनले बताए।
यस संस्थामा सदस्यहरुले मासिक जम्मा गरेको एक लाख ४० हजार रुपैयाँ उपभोक्त समिति भित्र निम्न आयस्रोत भएका सदस्यलाई ऋण असुलीको सेवा समेत दिँदै आएको ऋण संयोजक चन्द्रकुमार नेम्वाङले जानकारी गराए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार