चुलाचुली कालाेपत्रे सडकमा कतै प्वाल, कतै डुबान !

चुलाचुली : इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ४ मा कमल गाउँपालिका सिम्ले सिमाना हुँदै चुलाचुली ४ आइतबारे, समावेशी चोकदेखि निमार्णधीन चुलाचुली गाउँपालिका भवन सम्मको कालोपत्रे अन्तिम चरणमा पुगेको छ ।

कालोपत्रे सडकको निमार्ण अन्तिम हुँदै गर्दा लगातारको झरिले ठाउँ-ठाउँमा प्वाल परेको छ । सडकको दायाँबायाँ १/१ फुट ग्रावेल भाग हुनुपर्ने मापदण्ड भएपनि त्यो नदेखिएको  स्थानीयको बनाई छ ।

१ किलोमिटर ५ समय मिटरको कालोपत्रे सडक निमार्णका लागि प्रदेश  सरकारबाट १ करोड ३५ लाख, चुलाचुली गाउँपालिकाबाट ५० लाख गरि जम्मा १ करोड ८५ लाखको कालोपत्रे निमार्ण सम्पन्न हुन लागेको चुलाचुली गाउँपालिका प्रशासकीय अधिकृत काजिमान राईले बताए ।

उनका अनुसार, सडकका मापदण्ड अनुसार १५ सय मिटरको  कालोपत्रे सडकमा चौडाइ ९ मिटर रहने, सडकको दायाँबायाँ नाला व्यवस्थस्थित गरिनेछ । लगातारको झरिकै कारण कालोपत्रे गर्ने लागिएको सडकमा प्वाल पर्ने थालेपछि, दायाँबायाँ नाला नखनी काम थालेका हुनाले स्थानीयवासीहरूको घर डुवानमा परेको जनगुनासो पनि उतिकै छन् ।

स्थानीयक गुनासोलाई सम्बोधन गर्दै प्रशासकीय अधिकृत राई भन्छन्, ‘कालोपत्रे सडकको प्रक्रियामा जे छ, त्यो स्थानीयले पनि समयमै कुरा नबुझिदिँदा चुलाचुली गाउँपालिका ४ आईतबारेमा केही घरधनीकै कप्टीपनले गर्दा  काममा केही अवरोध पुर्याएको छ, त्यहि कारण समयमै नाला नखनिएको हुनाले पानी निकासमा समस्याकै कारण घर डुवानमा परेको हुन सक्छ ।’

२०७५ चैत ११ गतेबाट आयोजना सुरू भएको यस कालोपत्रे सडक यहि असार १५ गते सम्पन्न गर्नुपर्ने भएपनि ढिलाइबारे अधिकृत राई भन्छन्, ‘वर्खाका कारण काममा ढिलाइ भएको छ, यसका लागि थप समय थप्न  सकिन्छ ।’ ११ सय मिटर कालJपत्रे ड्राइगन जितेश्वर कन्ट्रक्शनले ठेक्का लिएको थियो भने, ४ सय मिटरको कालोपत्रे इलाम कन्ट्रक्शन, सुर्योदयले लिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार