नेपाल र भारत असल छिमेकी हौं : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच पारवाहनलगायत विषयमा सहज व्यवस्था हुन आवश्यक रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र मारिटाइम गेटवेले आयोजना गरेको प्रथम नेपाल पारवहन सबहजीकरण सम्मेलन उद्घाटनमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच उल्लेखनीय परिमाणमा व्यापार, लगानी, पर्यटन र जनता–जनताबीचको आवतजावत भइरहेको सन्दर्भमा दुई देशबीचको सम्बन्धको चर्चा गरे । ‘हामी असल छिमेकीहरू हौं’, उनले भने, ‘हामी असल छिमेकी हुनै पर्दछ ।’ व्यापार र पारवाहन व्यवस्थापनलाई सहज, झन्झटमुक्त र मीतव्ययी बनाउन स्मार्ट लजेस्टिकको महत्वपूर्ण भूमिका हुने उनले बताए ।

उनले नेपाल र भारतबीच निकै पुरानो बहुआयामिक सम्बन्ध रहेको उल्लेख गरे । ‘हाम्रो सम्बन्धले खासगरी बदलिएको राजनीतिक र आर्थिक परिवेशमा नयाँ उचाइ हासिल गर्दै छ’, उनले भने । नेपाल र भारत निकट छिमेकी मात्र नभएर अभिन्न मित्रसमेत भएको उनले बताए ।

‘दुई स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न देशका रुपमा नेपाल र भारतबीच बढीभन्दा बढी अन्तरकृया र सहकार्य हुन अत्यावश्यक छ’, उनले भने, ‘यस्तो अन्तरकृया र सहकार्य सार्वभौम समानता, आपसी विश्वास, सम्मान र सहयोगमा आधारित भएर सरकार र जनता तहमा हुनुपर्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार