अवरुद्ध बनेको मेची राजमार्ग अझै देखिएन खुल्ने संकेत (फोटो/भिडियो सहित )

  नयाँ बुलन्द  164 पटक हेरिएको

इलाम : लगातार वर्षासँगै झरेको पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग अझै केही दिन नखुल्ने जस्तै देेखिएको छ ।

राजमार्गअन्तर्गत्को इलाम र पाचँथरको सीमामा पर्ने राँके–फिदिम सडकखन्डमा पहिरो झरेपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध भएको हो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ को पाँगेरभीरमा झरेको पहिरो हटाएर राजमार्ग सुचारु गर्न काम भइरहेको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर ध्रुवकुमार झाले जानकारी दिए ।

यात्रीहरुका लागि पैदलमार्गमार्फत् वैकल्पिक राजमार्गको व्यवस्था मिलाइएको भएपनि यातायातका साधनलाई भने भौगोलिक अवस्था अफ्ठ्यारो भएकाले वैकल्पिक बाटोको व्यवस्था मिलाउन सकिएको छैन ।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र यसतर्फ आउँदै गरेका सवारी–साधनहरु बीचबाटोमै रोकिएका छन् । यात्रीहरु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार