समाजसेवी खापुङ द्धारा वृद्धालाई सहयोग

साउन , तेह्रथुम

समाजसेवी प्रभा खापुङले म्याङलुङ नगरपालिका–५ थापागाँउ बस्ने एक वद्धालाई आर्थिक सहयोग गर्नुभएको छ । सुनसरीको धरान घर भई हाल युकेमा कार्यरत समाजसेवी खापुङले ८२ बर्षिय सुखहाङमा लिम्बुलाई रु.९ हजार बराबरको खाद्यन्न र लत्ताकपडा साथै रु.३ हजार नगद सहयोग गर्नुभएको हो । वृद्धा लिम्बुकै घरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि उक्त सामाग्री र नगद म्याङलुङ–५ का वडाध्यक्ष होम बहादुर खड्काले हस्तान्तरण गर्नुभएको छ । समाजसेवी खापुङले वृद्धासम्मान गर्ने मनसायले आफ्नो सेवा सुविधाबाट मासिक रु.२ हजार सुखहाङमा लिम्बुलाई उपलब्ध गराउने समेत उद्ध्घोष गर्नुभएको छ ।

समाजसेवी खापुङले पठाउनुभएको उक्त सहयोग स्थानिय नव जागरुक युवा क्ल्वको संयोजनमा हस्तान्तरण गरिएको क्लवका अध्यक्ष राजकुमार सेनेहाङले जानकारी दिनुभयो । नगद तथा सामग्री प्रदान गर्दै अध्यक्ष खड्काले समाजसेवी प्रति आभार प्रटक गर्नुभयो । ‘प्रभा खापुङ जी ले स्थानिय तहले गर्न नसकिरहेको काम गर्नुभएको छ’ उहाले भन्नुभयो ‘आगामी दिनमा वडाले पनि वृद्धवृद्धाको निम्ती बिषेश कार्यक्रम ल्याउने छ।’

समाजसेवी खापुङले सामाजिक क्षेत्र तथा जेष्ठ नागरिकहरुको लागी बिभिन्न अवस्थामा सहयोग गर्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार