देशैभरीको लोकसेवा कार्यालयमा तालाबन्दी !

  नयाँ बुलन्द
0 Shares

इलाम : साउन २ गते देशैभरको लोकसेवा आयोग कार्यालयमा तालबन्दी हुने भएको छ ।

असमावेशी र विभेदपुर्ण लोकसेवाको बिज्ञापन खारेजीको माग गर्दै आन्दोलनरत समुहले विहान ९ बजे कार्यालयमा तालाबन्दी र घेराउ गर्ने भएको हो ।

“आरक्षण बचाउ आन्दोलन” ले देशभर एकैसाथ सो कार्यक्रम गर्ने नेपाल आदिवासी जनजाति महासघका अध्यक्ष जगत बारामले सामाजिक संजाल फेसबुकमा पोस्ट गरेका छन ।

लोकसेवा आयोगले गत १५ जेठमा स्थानीय तहका लागि ९ हजार १ सय ६१ जनाको बिज्ञापन खुलाएको थियो । तर नेपालको संविधान विपरित भन्दै त्यसबेलादेखि नै विरोध सुरु भएको थियो ।

अहिले असमावेशी बिज्ञापन खारेज गरि नयाँ बिज्ञापन खुलाउन माग गर्दै देशैभर आन्दोलन भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार