‘साउन २ गते नेपाल बन्द होइन’

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : साउन २ र १० गते भनिएको नेपाल बन्द स्थित भएको छ । नेपाल आदिवासी जनजाति महासंघको संयोजनमा भइरहेको ‘आरक्षण बचाउन आन्दोलन’ का क्रममा यसअघि आह्वान गरिएको नेपाल बन्द स्थगित गरिएको आयोजकले जानकारी दिएको छ ।

लोकसेवा आयोगले गत १५ जेठमा स्थानीय तहका लागि जारी गरेको विज्ञापन संविधानको मर्म विवरीत विभेदकारी रहेको भन्दै त्यसको खारेजीको माग गर्दै नेपाल बन्दको आह्वान गरिएको थियो ।

विभेदकारी विज्ञापनको विरुद्धमा नेपाल आदिवासी जनजाति महासंघ सहित उत्पीडित समुदायहरु सडकमा उत्रिएका छन् । देशमा भएको बाढी पहिरोका कारण नेपाल बन्दको कार्यक्रम स्थगित गरेपनि अन्य रचनात्मक आन्दोलन भने जारी रहने आन्दोलनरत पक्षले जनाएको छ ।

लोकसेवा आयोगले स्थानीय तहका लागि रीक्त ९ हजार १ सय ६१ स्थानका लागि १५ जेठमा विज्ञापन जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार