माङसेबुङ गाउँपालिकाद्वारा १ लाख नगदसहित १९ जनालाई सम्मान

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले पाँचौ गाउँसभाको सार्वजनिकीकरण कार्यक्रमको अवसरमा १९ जनालाई सम्मान गरेको छ ।

मंगलबार भएको कार्यक्रममा गाउँपालिकाले विभिन्न विधाका उत्कृष्ठ १९ जनालाई १ लाख पुरस्कार सहित सम्मान गरेको हो । गाउँपालिकालाई विभिन्न क्षेत्रबाट सहयोग गरेका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको गाउँपालिकाले जनाएको छ । खेल क्षेत्रका चइतहाङ लिम्बूलाई १० हजार र अन्य १८ जनालाई जनही नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

गाउँपालिकाले कर्मचारीतर्फ क्रमश, प्रसासनमा लक्ष्मण ढुगेल, वडा  ५ र ३ का प्रविधिक पुष्कर कार्की, कार्यलय सहयोगी दिनेश लिम्बू, उपभोक्ता समितितर्फ देउमाई फाकफोक दोभान देउराली हुलाक सडक निर्माण, सरस्वती माध्यामिक विद्यालय भवन निर्माण उपभोक्ता समिति भालुटार, शिक्षामा महेन्द्रदय मावि कक्षा ८ का साधना पुर्वाछाने र रोशन दर्लामीलाई सम्मान गरेको छ ।

त्यस्तै एसइइ उत्कृष्ट महेन्द्रोदय माविकै सोनाम लिम्बु (३ दशमलव ६ जिपिए), प्रिया राई (३ दशमलव १५) लाई प्रदान गरेको छ । पदाधिकारीतर्फ माङसेबुङ ३ का वडाअध्यक्ष कुशल जनप्रतिनिधि मैतराज राई, कार्यपालिका सदस्य तिलरुपा सबेहाङ परेका छन् । खेलाडीतर्फ उसु खेलाडी गणेश योङहाङ, चैतहाङ लिम्बुलाई सम्मान गरिएको हो ।

त्यस्तै संचार क्षेत्रमा रेडियो माङसेबुङका स्टेशन म्यानेजर सुमन लाओती र नेपालबाणी एफ एमका माङसेबुङ सम्बादाता बालकृष्ण बस्नेत, व्यावसायीमा गजुरमुखि गाई फारम, जेनी किराना पसल, शिक्षकतर्फ सरस्वती आधारभूत विद्यालय सिमलटारका शिक्षक दाताराम खनाल, चिसोपानी माविका शिक्षिका मनिला राई समेतलाई नगदसहित सम्मान गरिएको हो ।

माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष इदिङ्गोले नगद पुरस्कार सहित सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार