बाढीका कारण प्रदेश २ मा मात्र ३२ को मुत्यु

  नयाँ बुलन्द
0 Shares

वीरगञ्ज : केही दिनअघि आएको वर्षा तथा बाढीका कारण प्रदेश नं २ मा ३२ जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार वर्षा, बाढी तथा डुबानमा परी प्रदेश २ मा महिला, पुरुष र बालबालिका गरी ३२ जनाको मुत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

बाढी तथा डुबानमा परी प्रदेशमा १३ हजार ४४ घरपरिवार विस्थापित भएका छन् भने ६ लाख ७९ हजार ३१५ व्यक्ति प्रभावित भएका छन् । यसैगरी तीन हजार ५७४ घर पूर्णरुपमा क्षति भएको छ भने एक लाख १८ हजार १०४ जना प्रभावित मानिस विस्थापित भई सुरक्षित ठाउँमा गएको प्रहरीले जनाएको छ ।

सप्तरीमा बाढी तथा डुबानबाट कुनै पनि मानवीय क्षति भएको छैन भने सबभन्दा बढी रौतहटमा बाढी र डुबानमा परी बालबालिका, पुरुष तथा महिला गरी नौ जनाको मुत्यु भएको जनाइएको छ ।

वर्षा रोकिएपछि हाल स्थिति सामान्य हुँदै गएको छ । बाढी तथा डुबानमा परेका पीडितको पुनःस्थापना तथा राहत वितरणको काम भइरहेको सो कार्यालयले जनाएको छ ।

नागरिक खबरबाट 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार