आज साउने संक्रान्ति, यसको धार्मिक पक्ष

  नयाँ बुलन्द
0 Shares

इलाम : वर्षभरका दिनहरु मध्य आज साउने संक्रान्ति १ गते सबै भन्दा लामो दिनको हुन्छ । आज बेलुका लुतोफाली धार्मिक महत्वको साथ आउने सक्रान्ति मनाइन्छ ।

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई कर्कट संक्रान्तिकारुपमा मनाइन्छ । माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु हुन्छ ।

साउन १ गते भएकाले आजको दिनलाई साउने संक्रान्ति पनि भनिन्छ ।

आजका दिन कन्डारक नाम गरेको रात्रिचर राति हिँड्ने को पूजा गरी बलेको अगुल्टो फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समिति बताउँ छ ।

लुतो फाल्ने चलन हराउँदै

साउने संक्रान्तिको साँझमा घरघरबाट नाङ्लो ठटाउँदै र होहल्ला गर्दै लुतो फाल्ने चलन पछिल्ला वर्षहरुमा भने विस्तारै हराउन थालेको छ । कृषि प्रधान देश नेपालमा असारभरी खेतमा काम गरेको हिलो पखालेर घाउ, खटिरा, दाद, लुतो भगाउने प्रचलन अनुसार साउने संक्रान्तिमा लुतो फाल्दै भोज खाने चलन बसेको हो । औषधीय वनस्पति भलायो, कुरिलो, कुकुरडाइनो, पानीसरो तथा निबुवा, कागती, अम्बाको साथमा राँको र अगुल्टो फालेर लुतो भगाउने चलन छ ।

धार्मिक पक्ष

साउन लागेलगत्तै हिन्दू महिलाहरुमा छुट्टै उत्साह र उमंग छाएको छ । रातो, पहेंलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाहरुको मन्दिर र बाटोघाटोमा चहल/पहल देखिन्छ ।

पछिल्ला वर्षहरुमा साना बालिका र किशोरीहरु समेत मेहन्दी र रातो वस्त्र लगाएर साउने व्रत बस्ने गरेका छन् । धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेशनका रुपमा । खासगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन भएकाले साउनका सबै दिनलाई उत्तिकै महत्वको रुपमा लिइन्छ ।

पौराणिक मान्यताअनुसार साउन महिना देवताहरुका पनि देवता महादेव शंकर अर्थात शिवको महिनाका रुपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई पा्रप्त गरेको हुनाले महिलाहरुले यसलाई बढी महत्वको रुपमा लिने गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार