धरानमा सिठी जुलुस

  नयाँ बुलन्द  123 पटक हेरिएको

धरान : नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा प्रकासन गरिएको लोकसेवाको बिज्ञापन असमाबेशी भएको भन्दै नेपाल आदिवासी जनजाति नगर महासंघ धरानले आज सिठी जुलुस निकालेको हो।

महासंघले बिज्ञापनको बिरोध गर्दै देशब्यापी रुपमा आन्दोलनको घोषणा गरिएको छ।घोषित आन्दोलन अनुसार असार २९ गते देश ब्यापी मशाल जुलुस प्रदर्शन गरिको थियो। २९ गते धरानमा निकालिएको मशाल जुलुस प्रहरीले खोस्ने प्रयास गरे पनि विभिन्न स्थानबाट निकालिएकोले रोक्न सकिएको थिएन।

लोकसेवाले देशभर ९१६१ रिक्त पदमा बिज्ञापन गरिएको छ।तर त्यस बिज्ञापनबाट ५५ प्रतिशत खुल्ला तर्फ र ४५ प्रतिशत आदिवासी,दलित,मधेसी,मुस्लिम,अपांग,महिला,पिछडा बर्गको लागि भनेर संबैधानिक तथा कानुनी ब्यावस्था रहेको सरोकारवालाको जिकिर छ।बिज्ञापन विरुद्ध सर्वोच्च अदालतमा समेत रिट दायर गर्दा अदालतले समेत बिज्ञानलाई सदर गरिएको प्रति सरोकारवालाले असंवैधानिक कदम भनेर बिरोध गरेको हो।मन्त्रालयलाई प्रतिनिधि सभा राज्यब्यावस्था समितिले समेत लोकसेवाको बिज्ञापन संविधानको मर्म बिपरित भएकोले खारेज गर्न निर्देशन दिएका थिए।तर मन्त्रालयले लत्याउदै अदालत समेत बिज्ञापनको पक्षमा उभिएपछी देशभर आन्दोलन चर्किएको हो।

असार ३० गतेको सिठी जुलुस भने शान्तिपुर्ण रहे। धरान उपमहानगरपालिका कर्यालय अगाडिबाट निकालिएको सिठी जुलुस भानुचोक पुगेर कोणसभामा परिणत भएको हो। कोणसभामा आदिवासी सरोकार समाजका अध्यक्ष सुजेन्द्र तामाङले संबोधन गरेका थिए।सुजेन्द्रले वर्तमान ओलि सरकार सत्तामा पुग्नासाथ नेपालमा रहेका आदिवासी मधेशी मुस्लिमको चाडपर्व बिदा कटौती गरेको बताए।क्रमिक रूपमा अहिले लोकसेवा आयोगको बिज्ञापनमा आदिवासी मधेसी मुस्लिम दलित अपांगलाई अधिकार बन्चित गरिएको बताए।

सत्तामा पुर्‍याउने त्यही आदिवासी मधेसी मुस्लिम दलित भएको भन्दै अब आगामी चुनाब सबै सचेत भएर कम्युनिस्टलाई हराउनुपर्ने बताए।समाजवादी पार्टी धरानका अध्यक्ष ताजुप लिम्बुले वर्तमान सरकार कुनै जाती समुदायको नभएर ओलिको सिमित झुण्डको लागि मात्र सरकार भएको बताए। समाजवादी पनि सत्तामा रहेको भन्दै सत्तामा छ भन्दैमा नराम्रो कामको समर्थन गर्न नसक्ने बताए। कोणसभामा लिम्बुवान शिल्पिका रमेश गजमेरले ७० लाख जनतालाई वर्तमान सरकारले उपेक्षा गरेको भन्दै अब दलित समुदायले पढाउनुको अर्थ नभएको बताए।ब्राह्मणबादले देश सिध्याएको भन्दै दलितका सन्तान कि खाडी पठाउ कि घरमा घन ठोक्नुको बिकल्प नरहेको अवस्थामा पुर्‍याएको बताए।गजमेरले अवको दिनमा पनि दलित चुप लागेर बस्न नहुने भन्दै त्यही दलितले बन्दुक खुकुरी बनाउन जानेकोले सत्तरी लाख दलित सडकमा ओर्लदा के हुन्छ त्यो सरकारले देख्ने चेतावनी दिए।

कोणसभालाई समापन गर्दै आदिवासी जनजाति नगर महासंघ धरानका अध्यक्ष सुबासचन्द्र हुक्पाचोङ्बाङले सरकारले आदिवासी दलित मधेसि अपांग मुस्लिमलाई दमन गरेर असमाबेशी बिज्ञापन गरेको भन्दै साउन २ गते र १० गते नेपाल बन्दको आह्वान गरेको बताए।उक्त दिन सबै ब्यापारी यातायात मजदुर शिक्षण संस्था सबै बन्द गरिदिन आग्रह गर्दै उलंघन गर्दाको क्षतिको जिम्मेवार स्वंय हुनुपर्ने समेत आग्रह गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार