इलामका युवा समाजसेवी लप्साङ शेर्पालाई ‘राष्ट्रिय नागरिक सेवा सम्मान’

इलाम : इलामका सफल युवा व्यवसायी तथा समाजसेवी लप्साङ शेर्पालाई नागरिक एकता समाजले ‘राष्ट्रिय नागरिक सेवा सम्मान’ प्रदान गर्ने भएको छ ।

संस्थाको बार्षिकउत्सवको अवसर पारेर असार २८ गते शनिबार काठमाडौंको राष्ट्रिय नाच घर ,जमलमा एक बृहत समारोहकाबीच राष्ट्रिय सम्मान दिन लागेको हो ।

संस्थाले विभिन्न माध्यमबाट राष्ट्र र समाजका लागि महत्वपूर्ण योगदान पुर्‍याउने सक्रिय व्यक्तिहरुलाई बर्षेनी सम्मान दिंदै आइरहेको छ ।

इलाम जिल्लाका बिभिन्न क्षेत्रमा आर्थिक तथा सामाजिक योगदान पुर्‍याउँदै आएका शेर्पा इलाम सदरमुकामस्थित शेर्पाज साइबर एण्ड ट्रेनिङ सेन्टरका प्रोपाइटर पनि हुन ।
शेर्पा स्वयम आँफै शारिरिक रुपमा असक्त रहे पनि गाउ बाट सदरमुकाम सम्म आएर ब्याबसाय सन्चालन गरेर त्यसबाट हुने आम्दानीको केही अम्स कटाएर दुखी गरीब असाहय तथा अपाङ्ग बालबालिका लाई सहयोग गर्दै आएका छन ।

शेर्पाले आफ्नो क्षेत्र बाट नागरिकहरुको सेवामा पुराएको योगदानको कदर गर्दै ‘राष्ट्रिय सम्मान गर्नलागिएको आयोजक सस्थाले जनाएको छ । शेर्पाले विरामी, असाहय, बृद्धाश्रम, मठ–मन्दिर, पर्यटन, विद्यालय, खेलकुदलगायतका क्षेत्रमा समेत सहयोग गर्दै आएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार